दुइवर्षसम्म बाबुसँग लगातार यौनसम्बन्ध

एकजना पुरुष र उनकी छोरीबीचको यौन सम्बन्धको खबरले अहिले अन्तराष्ट्रिय संचार माध्यमहरुमा चर्चा पाएको छ । नतासा नामकी छोरी जब १९ वर्षकी थिइन् उनको आफ्नो बुवासँग पहिलोपटक चिनजान भएको थियो । यौवनावस्थामा छोरीलाई पहिलोपटक देख्दा उनका बुवामा यौनचाहना जागृत भयो, जसका कारण यी दुइबीचको बाबु छोरीको नाता टुंगियो ।
क्यानडाको भ्यानकुभरमा बस्ने २४ वर्षीया लेखिका नतासा रोज चेनिएरका अनुसार उनको जिन्दगीमा कहिल्यै नभुल्ने कहानी छ । उनी भन्छिन्, यो कहानीले यो सम्बन्धको एउटा यस्तो सत्य बाहिर ल्याउने काम गरेको छ, जसको बारेमा आजसम्म सायद कसैले सोँचेको पनि छैन होला ।
नताशाका अनुसार त्यसबेला उनी १९ वर्षकी थिइन् र उनलाई एउटा बाबु र छोरीबीचको सम्बन्ध कस्तो हुन्छ भन्ने थाहा थिएन । त्यसको दुइ वर्षसम्म उनी आफ्नो बुवासँग यहीँ सम्बन्धमा रहिन् ।
जेजेबेल डट कम नामक अनलाइनमा प्रकाशित नतासाको आत्मवृत्तान्तलाई अन्तराष्ट्रिय संचार माध्यमहरुले महत्वका साथ समाचारको रुपमा प्रकाशित गरेका छन् ।
नतासाका अनुसार पहिलोपटक आफ्ना बुवासँग भेट हुँदा नतासा पनि आफ्नो बुवाप्रति यौनिक रुपमा आकषिर्त भएकी थिइन् । उनका अनुसार आफ्ना पितासँगको आफ्नो नाताले घृणा र आक्रोस बाहेक अरु केही छाडेन ।
नतासाले आफ्नो बुवासँग मुखमैथुन अर्थात ओरल सेक्स समेत गरेको स्विकार गरेकी छिन् । त्यस समय आफुलाई बुवाछोरीको सम्बन्ध कस्तो हुन्छ भन्ने बारेमा थाहा नभएको उनको जिकिर छ । उनी भन्छिन्, हामी दुइजनाले त एक अर्कालाई साथ दियौँ र मैले उनीसँग रहँदा सुरक्षित महसुस गर्न थालेकी थिएँ । आफ्नो बुवासँग भेट हुनुभन्दा केही समयअघि देखि नै फोनमा उनीहरुबीच सम्पर्क हुने गरेको थियो र भेट भएपछि भने पिता-पुत्रीको सम्बन्धले नयाँ मोड लियो ।
डेलीमेलका अनुसार एकपटक नतासाका बुवाले आफ्नी छोरीको अगाडि पोर्न फिल्म देखाएछन् । सुरुमा नतासालाई त्यो हेर्दा निकै असहज महसुस भएछ । सोही दिनबाट यी बाउछोरीबीच यौन सम्बन्धको सुरुवात भएको रहेछ । जमैकाको आफ्नो अन्तिम भ्रमणका बेला नतासाले आफ्नो बाबुसँगको यौन सम्बन्धबाट निकै लज्जित बनेर केही समय बाथरुमभित्रै आफैलाई थुनेर समेत राखिन् ।
दुइ वर्षसम्म आफु आफ्नो पिताको धोकाको सिकार भएको दाबी नतासाको छ । आफु आफ्नै यौन चाहनाको समेत सिकार भएको उनी स्विकार गर्छिन् । बाबुसँगको यौन सम्बन्धका कारण आफुलाई ऊबेला निकै लाज लाग्ने भएपछि मनको कुरा बताउने कोहीपनि मान्छे आफ्नो साथमा नरहेको दुखेको उनले गरेकी छिन् ।
अन्तिम पटक यी पितापुत्रीबीच यौन सम्बन्ध भएदेखि यी दुइबीच भेटघाट भएको छैन । आफ्नो यौनपिपासु बाबु कता छन् भन्ने कुरा नतासालाई थाहा छैन । यो पीडाबाट बाहिर निस्किनका लागि नतासाले अहिले थेरापीको सहारा लिइरहेकी छिन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.