प्रेम दिवसको लागि ४० लाखको रातो गुलाफ उपत्यकामा भित्रियो

 प्रणय दिवसका लागि करिब ४० लाखको रातो गुलाफको फूल काठमाडौँ भित्रिएको छ । रातो गुलाफ प्रेमको प्रतीक मानिन्छ ।
‘फ्लोरीकल्चर एसोसिएसन’का अध्यक्ष लोकनाथ गैरेका अनुसार यस वर्ष प्रणय दिवसका लागि एक लाखवटा रातो गुलाफ भारतबाट ल्याइएको हो । गत वर्ष यो दिवसमा एक लाख ५० हजारवटा गुलाफ खपत भएको थियो । अध्यक्ष गैरेका अनुसार गत वर्षको तुलनामा फूलको आयात कम भए पनि मूल्य भने बढेको छ ।
आयात गर्दा प्रति फूलको गत वर्षकोभन्दा रु १० मूल्य बढी तिरेको व्यवसायीले बताएका छन् । उपभोक्ताले प्रति फूलको रु १०० सम्म तिर्नुपर्छ । अघिल्लो वर्ष प्रति फूलको मूल्य रु ७० थियो । भित्र्याइएको रातो गुलाफ ९५ प्रतिशत राजधानीमै खपत हुन्छ । पाँच प्रतिशत मात्र बाहिरिने एसोसिएसनले जनाएको छ ।
एसोसिएसनका अनुसार हरेक वर्ष यो फूलको माग बढे पनि नेपालमा उत्पादन कम छ । राजधानी तथा नुवाकोट, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा रातो गुलाफ उत्पादन हुन्छ ।
दिनप्रतिदिन प्रणय दिवसको महत्वसँगै रातो गुलाफको माग र मूल्य पनि बढ्दै गएको छ । हरेक वर्ष प्रणय दिवस फेब्रुअरी १४ तारिखमा मनाइन्छ । मायाको प्रतीकका रुपमा यो फूल उपहारका रुपमा आदानप्रदान गर्ने गरिन्छ ।

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.