दिल्लीमा विधान सभा निर्वाचन हुँदै

भारतको दिल्ली विधान सभाका लागि आज निर्वाचन हुँदैछ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियताको जाँचसमेत मानिएको यस निर्वाचनमा मूख्य प्रतिष्पर्धा भारतीय जनता पार्टी र आम आदमी पार्टीबीच हुँदैछ ।
लामो समय सत्तामा राज गरेको कांग्रेस भने दौडमा तेस्रो हुनेठानिएको छ ।
खासगरी आपका नेता अरबिन्द केजरीवाललाई टक्कर दिनकै लागि कुनै बेला भ्रष्टाचार विरोधी अभियानमा एकसाथ रहेका पूर्व प्रहरी अधिकृत किरण वेदीलाई भाजपाले मूख्यमन्त्रीको उम्मेदवारका रुपमा पेश गरेपछि यो निर्वाचनको रौनक बढेको छ ।
सन् २०१३ मा भएको निर्वाचनमा लामो समयदेखि दिल्लीमा राज गरेको कांग्रेसलाई अप्रत्याशित हार चखाउँदै सरकार बनाएका आप नेता केजरीवालले ४९ दिनमै राजीनामा दिएपछि दिल्लीमा राष्ट्रपति शासन लागु भएको थियो ।
दुई वर्षअघिको निर्वाचनमा भाजपाको बढी सीट आएपनि कांग्रेसले समर्थन गरेपछि केजरीवालले सरकार बनाएका थिए ।
पछिल्ला मत सर्वेक्षणहरुले भने यस पटक केजरिवालले बहुमत पाउने देखाएको छ ।
७० सदस्य विधायक चुन्न करिब १ करोड ३० लाख मतदाता कमदान केन्द्रमा पुग्ने अनुमान गरिएको छ ।
यसका लागि राज्यभर १२ हजार मतदान केन्द्र राखिएका छन् भने ५५ हजार सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
रमाइलो के छ भने मूख्यमन्त्रीका उम्मेदवार केजरीवाल र वेदी दुबै पूर्व सरकारी कर्मचारी हुन् भने दुबैले दक्षिण एशियाकै सम्मानित म्यागासेसे पुरस्कार प्राप्त गरेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.