नेपालमा ठुलो मात्रामा पशुपंक्षीको काटमार हुन्छ । पशुअधिकारवादीहरुले यसरी पशु मारेर मासु खानुभन्दा शाकाहारी हुनु राम्रो हो भन्दै अभियान नै चलाएका छन् । तर, शाकाहारी हुनुका फाइदा पनि छन्, बेफाइदा पनि छन् ।
फाइदा
शाकाहारी भोजनमा रोगसंग लड्ने क्षमता हुन्छ । मासुमा पाइने तत्वका कारण मासु चाँडै पच्दैन । जबकि शाकाहारी खाना चाँडै पच्छ । साथै यसले मष्तिष्कलाई सचेत राख्छ र मानिसलाई बुद्धिमान बनाउँछ । तरकारीमा भिटामिन, एन्टिअक्सिडेन्ट, एमिनो एसिडजस्ता अति आवश्यक तत्व पाइन्छन् । शाकाहारी भोजनमा प्रोटिन, कार्बोहाइड्रेटजस्ता तत्व पाइन्छन्, जो स्वास्थ्यका लागि लाभदायी मानिन्छन् । यस्तै, फाइबर, क्यालोरी, भिटामिन पाइन्छन्, जसले विभिन्न रोगबाट मानिसलाई बचाउँछ ।
शुद्ध शाकाहारी भोजन गर्ने व्यक्तिलाई मुटु रोग, पेट तथा फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ । अनुसन्धानबाट शाकाहारीलाई स्तन क्यान्सरको खतरा पनि कम हुने देखाएको छ । मिर्गौलाको समस्या भएकालाई पनि शाकाहारी भोजन लाभदायी हुन्छ । यसले मानिसको आयु लम्ब्याईदिन्छ ।
मासु खाँदा प्राप्त हुने तत्व वनस्पतीबाट पनि पाइन्छ । उदाहरणका लागि माछा, मासु र अण्डाबाट प्राप्त प्रोटीन वनस्पतीबाट पनि पाइन्छ । शाकाहारीमा मुटुमा रगत प्रवाह गर्ने धमनीसंग संबन्धित समस्या हुने सम्भावना कम हुन्छ । उनीहरुमा कुल तरल कोलेस्टेरोल तथा कम घनत्ववाला लिपोप्रोटीन कोलेस्टेरोलको मात्रा कम पाइन्छ । तर, उच्च घनत्ववाला लिपोप्रोटिन कोलेस्टेरोलको मात्रा भने तपार्इं कस्तो खालको शाकाहारी भोजन ग्रहण गर्नुहुन्छ भन्नेमा भर पर्छ । यस्तै, यस्ता व्यक्तिमा उच्च रक्तचाप हुने सम्भावना मांसाहारीको तुलनामा कम हुन्छ । उच्च रक्तचाप तौल र नुन सेवनमा निर्भर गर्दैन ।
शाकाहारीलाई मिर्गौलाको समस्या कम हुने सम्भावना हुन्छ । पिसाबद्वारा प्रोटीन निस्कनु, कोशिकाद्वारा रगत छान्ने गति, रक्तसञ्चार तथा मिर्गौलासंग संबन्धित विकार मांसाहारीको तुलनामा शाकाहारीमा कम पाइन्छ ।
शरीरको तापक्रम र सन्तुलन बनाई राख्न, मांशपेशी बलियो बनाउन, शरीरका मुख्य अंग मिर्गौला, मुटु, फोक्सो, मष्तिष्कलाई निरोगी राख्न एवं विभिन्न समस्या नियन्त्रण्ँ गर्न शाकाहारी खाना प्रभावकारी मानिन्छ ।
खानामा भएको तत्व पचाउन शरीरलाई शक्ति चाहिन्छ । आलुमा प्रशस्त प्रोटिन हुन्छ जसले शरीरको वृद्धि गर्न र यसलाई सन्तुलित राख्न मद्दत गर्छ । कम चिल्लो प्रयोग गरी आलु बोक्रासहित पकाउनाले स्वास्थ्यलाई फाइदा पु¥याउँछ । यसैगरी कोदोमा शरीर विकासका लागि चाहिने उत्तम प्रोटिन पाइन्छ, यसबाट दा“त र हाड बलियो बनाउने क्याल्सियम पनि पाउन सकिन्छ । मास, भटमास, राजमा, सिमी, गहत, रहर, बकुल्ला, तील, मुगी, मुसुरो, चना, बोडी, केराउ, मस्याङगमा प्रशस्त प्रोटिन पाइन्छ । फर्सीको बिया“, लट्टेको गेडा, ओखर, ज्वानोआदिबाट पनि शरीर रÔा गर्ने प्रोटिन पाइन्छ । प्रोटिन कपाल, हाड, मांशपेशी र रगतलाई स्वस्थ राख्न आवश्यक तत्व हो । प्रोटिनले घाउ छिटो निको गर्न मद्धत पु¥याउ“छ ।
शरीरलाई आवश्यकमात्रामा चाहिने प्रोटिनयुक्त खाना नखा“दा उमेरअनुसार उचाई बढ्दैन, केटाकेटी ख्याउटे, दुब्लो र कमजोर हुन्छन् । शरीर सुन्निने पनि हुन्छ । कहिलेका“ही छालामा दाग पनि देखिन्छ । भटमास, मह, सागसब्जी र दूध, दही शरीर बढाउने प्रोटिनयुक्त उत्तम खानेकुरा हुन । गाढा हरियो रंगको तरकारीमा भिटामिन र खनिज पदार्थ पाइन्छ । जसले सरुवारोग र कमजोरीबाट बचाउ“छ । फर्सी, गा“जर, बकुल्ला र उमारेको गेडागुडीमा शरीरलाई आवश्यक पर्ने तत्व हुन्छन् । यस्तै, शारीरिक विकास, तेज आ“खा, स्वस्थ्य छाला, बलियो दा“त र हाड बनाइराख्न भिटामिन ए आवश्यक हुन्छ ।
अमेरीकन मेडिकल एसोसिएसनको इन्टरनल मेडिसिन जर्नलमा ७० हजार मानिसमाथि गरिएको अनुसन्धानको निष्कर्Èमा भनिएको छ– ‘मृत्युदर घटाउन शाकाहरी भोजनले बढी सहयोग पु¥याएको देखिन्छ । अनुसन्धानकर्ताका अनुसार शाकाहारी भोजनले मेटाबोलिन सिन्ड्रोम, उच्च रक्तचाप, इसेमिक हर्ट डिजिज, मधुमेहलगायतका कैयौं दीर्घ रोगको सम्भावना कम हुन्छ । ६० हजारभन्दा बढी बेलायतीमा यसअघि गरिएको अर्को अनुसन्धानले समेत मांशाहारीको दा“जोमा शाकाहारीलाई कम क्यान्सर हुने देखिएको छ ।

बेफाइदा
शाकाहारी खानामा मानिसलाई आवश्यक पोषक तत्व परिपूर्ति गर्ने भएपनि माछा या मासुबाट प्राप्त हुने केही निश्चित तत्व पाउँन सकिदैंन । शाकाहारी खानामा प्रोटिन, क्याल्सियम, भिटामिन बि १२, आइरन, जिंक निकै कम मात्रामा पाइन्छन् । भिटामिन बि १२ सोया उत्पादन, संरक्षित अनाज तथा जनावरका उत्पादनमा पाइन्छ । सोयामिल्क, मिल्क र अन्य दुग्धजन्य पदार्थहरु भिटामिन डिका प्रमुख स्रोत हुन् । मासु, चिकेन, माछामा आइरन र जिङक प्रशस्त मात्रामा पाइन्छन् । दुध, चिज र दही क्याल्सियमका उत्कृष्ट स्रोत हुन् । यस्ता पोषक तत्व शाकाहारी खानामा पाइदैंनन् । मासु प्रोटिनको महत्वपूर्ण स्रोत हो, यसमा शरीरलाई अति आवश्यक एमिनो एसिड पाइन्छ । मासुमा पाइने फोस्फोरसलाई शरीरले सजिलैसंग पचाइदिन्छ । शाकाहारी खाद्यपदार्थ बडिबिल्डरलाई काम लाग्दैन । कार्बोहाइड्रेट र प्रोटिनविनाको खानाले रक्तअल्पता निम्त्याउँन सक्छ । पूर्णतया चिल्लोरहित खाद्य पदार्थ पनि स्वास्थ्यका लागि ठीक होइन, स्नायुप्रणाली र शरीरलाई ठीक ढंगले सञ्चालन गर्न पनि निश्चित मात्राको कोलेस्टेरोल र चिल्लो पदार्थ चाहिन्छ ।
शाकाहारीले यथेष्ट मात्रामा प्रोटिन पाउन दैनिक धेरै तरकारी खानुपर्छ । प्रोटिनको अभावमा घाउ निको हुन समय लाग्ने, थकान सिर्जना हुने जस्ता समस्या सिर्जना हुन्छ । आइरन, भिटामिन बी १२ को अभाव पूर्ति गर्न दैनिक मल्टीभिटामिन लिनुपर्ने हुन्छ । अर्को समस्या भनेको बारम्बार भोक लाग्ने हुन्छ । शरीरलाई चाहिने तत्व नपाउँदा यस्तो हुनु स्वभाविक हो । यस्तै, राम्ररी निद्रा नलाग्ने र दैनिक गतिविधिमा चासो नलिने जस्ता समस्या निम्तन्छन् ।