यो समयमा प्रेममा हुनुहुने तपाईंले आफ्नो प्रेमिकाको लागि केही उपहार दिने पनि अवश्य सोँचिरहनु भएको होला । साथै, के उपहार दिने भनेर पनि अलमलमा परिरहनुभएको होला । हुन पनि प्रेमिकाको रुची र आफ्नो गोजी दुवैलाई सुहाउने हुनपर्यो उपहार पनि । तपाईंहरुलाई सजिलो होस् भनेर उपहारका लागि केही सुझावहरु प्रस्तुत गरिएको छ :-
फूल :-
यो सबैभन्दा सरल र सुरक्षित उपहार हो । केटीहरुलाई फूल जहिले पनि मनपर्छ । यसमा तपाईं कहिले फेल खान सक्नुहुन्न । गुलाफ मात्र होइन लिली र अर्किडको फूल पनि भ्यालेन्टाइन्स डेमा उपहार बन्न सक्छ । यसलाई अलि रोचक बनाउन फूलभित्र रोमान्टिक सन्देश लुकाएर दिनुहोस् ।
चक्लेट:-
हुनतः आजभोली केटीहरु तौल बढ्ने भन्दै चकलेटबाट वर्षभरी टाढै बस्न खोजिरहेका हुन्छन् । तर, भ्यालेन्टाइन्स डेजस्तो अवसरमा चक्लेट दिँदा वर्षभर थामेको मनलाई खुसी बनाउन सक्नुहुन्छ । रमाइलो कुरा भनेको त्यसको केही भाग तपाईंले पनि पाउनुहुनेछ ।
सुगन्धित क्यान्डल:-

छोटो यात्राः
काममा व्यस्त हुने जोडीका लागि भ्यालेन्टाइन्स डे आफ्नो प्रेमिकासँग केही समय बिताउने उपयुक्त समय हुनसक्छ । कामको व्यस्तताले लामो समयसम्म प्रेमिकासँग समय बिताउन नपाएकाहरुले शहरबाट नजिकै यात्रा गर्न सक्छन् ।
भित्री वस्त्र :-
फ्यान्सी लिन्जरे (भित्री वस्त्र) किनेर आफ्नो प्रमिकालाई सेक्सी अनुभव पनि गराउन सक्नुहुन्छ । तर, यो अलि महंगो हुनसक्छ । साथै कस्मेटिक केटीहरुलाई आफूसँग जति भए पनि नपुग्ने भनेको कस्मेटिक नै हो । कुनै राम्रो ब्राण्डको कस्मेटिक पनि भ्यालेन्टाइन्स डेमा राम्रो उपहार हुन सक्छ ।
खेलौना :-
टेड्डी बियर, बार्बी आदि खेलौनासँग केटीहरु जति उमेर भए पनि खेल्न रुचाउँछन् ।
पफ्र्युम :-
यो चाहीँ अलि अप्ठ्यारो छ कि भने आफ्नो प्रमिकालाई कुन सुगन्ध मनपर्छ भन्ने यकिन गर्न गाह्रो हुन्छ । त्यही भएर उनले पहिले प्रयोग गर्ने पफ्र्युम पत्ता लगाउनुहोस् ।
जुत्ता :-
केटीहरु कहिले पनि जुत्ताबाट वाक्क बन्न सक्दैनन् । उनको रुचीको बारेमा थाहा पाउनुहोस् र जुत्ता उपहार दिनुहोस् ।
लुगा :-
सबै केटीहरुलाई स्टाइलिस देखिन मनपर्छ । त्यही भएर लुगा पनि भ्यालेन्टाइन्स डेमा फेल नखाने अर्को उपहार हो । अथवा तपाइलाई छान्न अप्ठ्यारो भयो भने उनलाई मनपर्ने पसलबाट सपिङ भौचर दिनुभयो भने हुन्छ ।
ब्याग :-
लुगा र जुत्ताजस्तै महिलाहरुको अर्को प्रिय वस्तु भनेको ब्याग पनि हो । उनीसँग नभएको रंगको व्याग किन्नुभयो भने त्यो पनि भ्यालेन्टाइन्स डेको राम्रो उपहार हुनसक्छ ।
ज्वेलरी :-
पैसा हुनेहरुले महंगो ज्वेलरी दिए पनि हुन्छ । नत्र बजारमा ठिक्क मूल्य पर्ने ज्वेलरी दिए भने प्रेमिका खुसी हुनेछिन् ।
ग्याजेट :-
कोही प्रेमिकाहरु ग्याजेटको सौखिन हुन्छन् । उनीहरुलाई फूल वा चक्लेटभन्दा आइपड वा स्मार्टफोन गिफ्ट दिनसक्नुहुन्छ ।