आफूलाई ‘बिहे गर्ने शर्तमा बलात्कार’ गरेको भन्दै भारतको जवाहरलाल नेहरु विश्वविद्यालयकी एक सहप्राध्यापकले दिएको उजुरीका आधारमा नेपाली विद्यार्थी प्रमोद जयसवाल जेल चलान भएका छन् ।
जेएनयुमा अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा पीएचडी गर्दै रहेका जयसवाल यौन दुव्र्यवहारको अभियोगमा भारतको तिहाड जेल चलान भएका हुन् ।
महिला सहप्राध्यापकले प्रहरीमा उजुरी दिएपछि अदालतको आदेशमा उनलाई जेल चलान गरिएको उनका सहपाठीले बताएका छन् ।
यसअघि जयसवालले पनि आफूसँग बिहे गर्न ती महिला प्राध्यापकले अनावश्यक प्रपञ्च रचेको भन्दै विश्वविद्यालय प्रशासन समक्षउजुरी दिइसकेका थिए ।
उनीहरुबीच सहमतिमै यौन सम्बन्ध हुने गरेको र जयसवालको कोठामै ती सहप्राध्यापक यौन सम्बन्धका लागि जाने गरेको सहपाठीले बताएका छन् ।
तर, पछिल्लो समयमा जैसवालमाथि ती सहप्राध्यापकले बिहे गर्न दबाव दिएपछि आफू नेपाल फर्किन चाहेको भन्दै बिहे गर्न अस्वीकार गरेपछि बलात्कारको अभियोग लगाएको आरोप छ ।