मंगल ग्रहको यात्राका लागि सय जना छानिए

बहुप्रतिक्षित तथा बहुचर्चित मंगल ग्रहको एकतर्फी यात्राका लागि १ सय जना फाइनालिष्ट छनोट भएका छन् । मंगल ग्रहमा जानका लागि आवेदन गरेका कुल २ लाख २ हजार ५ सय ८६ जना आवेदकहरुमध्ये बाट तेश्रो चरणको छनोट प्रक्रिया पार गर्न सफल हुने १ सय जना व्यक्तिहरुको सूचि मंगलयात्राको महत्वाकांक्षी योजना बनाइरहेको नेदरल्याण्डको मार्स वन नाम संस्थाले प्रकाशित गरेको छ ।
२०२४ बाट मंगल ग्रहमा मानिस पठाउन सुरु गर्ने योजना बनाएको मार्स वनले तेश्रो चरणका लागि छनोट भएका १ सय जना मध्येबाट अन्तिम २४ जना यात्रीहरुको चयन गर्नेछ । ती २४ जनालाई ६ पटकमा गरी ४-४ जना मंगल ग्रहको एकतर्फी यात्रामा पठाइनेछ र उनीहरु स्थायी रुपमा मंगल ग्रहमा नै बस्नेछन् ।
छनोट भएका १ सय जना मध्ये ५० जना महिला तथा ५० जना पुरुष रहेका छन् । छनोट हुनेहरुमा अमेरिका महादेशका ३९ जना, युरोपका ३१ त्था एसियाका १६ जना रहेका छन् । त्यस्तै अफ्रिकाबाट ७ जना र ओसेनियाबाट ७ जना मानिसहरु मंगल अभियानको अन्तिम १ सय मा छनोट हुन सफल भएका छन् ।
छनोट हुनेहरुमा छिमेकी देश भारतका ३ जना र पाकिस्तानका एक जना रहेका छन् । छनोट हुने भारतीयहरुमा अमेरिकामा विद्यावारिधी गरिरहेका २९ वर्षका तन्त्रजित सिंह भाटिया, दुबइमा बस्दै आएकी २९ वर्षकी रिकिता सिंह र केरलाका १९ वर्षीया शारदा प्रसाद रहेका टाइम्स अफ इण्डियाले जनाएको छ ।
त्यस्तै अन्तिम १ सय जनामा छनोट हुने एकमात्र पाकिस्तानी नागरिकको नाम रेगिनाल्ड रहेको मार्सवानको सूचिमा उल्लेख छ ।
दोश्रो चरणमा पुगेका ६ सय ६० जना मानिसहरुलाई अन्तरवार्ताको माध्यमबाट जाँच गरी १ सय जना छनोट गरिएको मार्सवानले जनाएको छ ।
अबको छनोट चरणमा समूह निर्माण तथा मंगल ग्रहमा रहँदा सामुहिक रुपमा जोखिम बहन गर्ने क्षमता र सीप लगायतका विषयमा केन्दि्रत हुने चयनकर्ता नोर्बट क्राफ्टले बताएका छन् । साथै उनीहरुलाई पृथ्वीकै कुनै ठाउँमा मंगल ग्रह जस्तै वातावरण भएको स्थान निर्माण गरी सोही ठाउँमा लगेर तालिम समेत दिइनेछ । मंगल ग्रहमा मानव वस्ती बसाल्ने योजना मार्स वानको छ ।
मंगल ग्रहमा बसाइ सर्ने नेपाली युवाको सपना अधुरै
मंगल ग्रहको एकतर्फी अनिश्चित यात्रामा सहभागी हुनका लागि मार्स वानमा आवेदन गरेका नेपालीहरु कोहीपनि अन्तिम १ सय जनामा छनोट हुन सकेनन् । मंगल ग्रहमा जानका लागि समीर न्यौपाने, प्रकाश सुवेदी, दिवस, अनिल, मदन कुमार दाहाल, केशव पाब्दे, सम्राट र गणेश नामका ८ जना नेपालीले आवेदन गरेका थिए ।
ती ८ जना नेपालीहरुमध्ये समीर न्यौपाने र थर उल्लेख नभएका सम्राट नामका नेपाली युवाहरुदोश्रो चरणमा पुग्न सफल भएका थिए ।
तर दोश्रो चरणबाट भने दुबैजना बाहिरिएका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.