पार्लरबाट एचआईभी संक्रमण

कतै  तपाई सुन्दर अनुहार बनाउनका लागि ब्युटिपार्लर जाँदै त हुनुहुन्न एकपटक सोच्नुस् है । तपाईको अनुहारको फोका तथा खिल निकाल्न प्रयोग गिरिएको उपकरण निर्मलीकरण गरेको छ कि छैन सचेत हुनुहोस् ।
ब्युटिपार्लरमा प्रयोग गरिने उपकरण निर्मलीकरण गरिएको छ छैन पहिचान गरेर मात्र उपकरणको प्रयोग गर्नुहोला, नत्र तपाई पनि एनआईभी संक्रमणको सिकार बन्नु होला ।
यस्तै, समस्याको सिकार भएकी छन्, नुवाकोटकी एक महिला । जब उनको गर्भमा ७ महिनाको बच्चा थियो, रक्त परीक्षण गर्दा उनी र उनको गर्भमा रहेको बच्चामा एचआईभी संक्रमित भएको पत्ता लाग्यो नेपाल समाचारपत्रमा खबर छ ।
उनलाई यो घटनाले जीवनभरी पछुतो मात्र बनाएन, उनका पतिले समेत छाडेर गए ।
समस्याको निराकरण गर्ने क्रममा राष्ट्रिय एड्स तथा यौन रोग निवारण केन्द्रले उनका पतिको रक्त परीक्षण गर्दा उनमा संक्रमण नभएको र उनी जाने गरेको ब्युटीपार्लरको उपकरणबाट सरेको प्रमाणित भयो । ब्युटिपार्लरले प्रयोग गर्ने उपकरण राम्रोसँग निर्मलीकरण नगरेकै कारण उनमा एचआईभी संक्रमण भएको पुष्टी भयो । यो कुरा थाहा पाउँदा ती १७ वषर्ीया युवती छाँगाबाट खसे झैं भइन् ।
एचआईभी संक्रमण यौनजन्य क्रियाकलापबाट मात्र सर्ने नभई दारी काट्ने मेसिन, सैलुनमा प्रयोग गरिने छुरा, कपाल काट्ने कैंची, दन्त उपचारका क्रममा स्वास्थ्य संस्थामा प्रयोग गरिने उपकरणहरुबाट पनि सर्न सक्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.