शाखा अधिकृतको परीक्षाफल प्रकाशित

लोक सेवा आयोगले गत माघ २४ गते सञ्चालन गरेको राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत पदको प्रथम चरणको परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
परीक्षामा जम्मा २० हजार ८ सय १५ जना सहभागी भएकोमा २ हजार ७ सय ६१ जना मात्र उत्तीर्ण भएका छन् । लोकसेवा आयोगका अनुसार कुल परीक्षार्थीमध्ये जम्मा १३.२६ प्रतिशत मात्र शाखा अधिकृत पदको प्रथम चरणको परीक्षामा उत्तीर्ण हुन सफल भएका छन् । (परीक्षाकाे नतिजा हेर्न यहाँ क्लिक गर्नुहाेस्)
कुल २ सय पूर्णाङ्कको वस्तुगत परीक्षामा ५० प्रतिशत अर्थात् १ सय अंकलाई प्राप्तांक तोकिएको थियो ।
प्रथम चरणमा उत्तीर्ण परीक्षार्थीहरु मात्रै आगामी चैत्र २४ गतेदेखि हुने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।
लोकसेवा आयोगले गत वर्षदेखि राजपत्रांकित तृतीय श्रेणीको अप्राविधिकतर्फ शाखा अधिकृत पदमा आरक्षित कोटातर्फ परीक्षा दिनेहरुले समेत पहिलो चरणको परीक्षा अनिवार्यरुपमा उत्तीर्ण गर्नुपर्ने नियम लागु गरेको छ ।
यसअघि समावेशी समूहका परीक्षार्थीहरुले प्रथम चरणको प्रारम्भिक परीक्षामा अनुत्तीर्ण भएपनि दोश्रो चरणको परीक्षामा सहभागी हुन पाउथे ।
यसका साथै लोकसेवा आयोगले प्रथम चरणमा परीक्षार्थीले प्राप्त गरेको कुल अंकको २० प्रतिशत अंक दोस्रो चरणको परीक्षामा प्राप्त गरेको अंकमा थप गरी लिखित परीक्षाको अन्तिम परीक्षाफल प्रकाशित गर्ने गरेको छ ।
लोकसेवा आयोगले योपटक सामान्य प्रशासन, राजश्व, लेखा, लेखापरीक्षण, न्याय, कानून, सरकारी वकिल तथा परराष्ट्र समूहमा गरी कुल ४ सय ६५ जनाको विज्ञापन गरेको छ ।
प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका २७ सय ६१ जना परीक्षार्थीबाटै लोकसेवा आयोगले लिखित परीक्षा, कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता परीक्षामा प्राप्त अंकका आधारमा योग्यताक्रम प्रकाशित गरी माग गरिएका उमेद्वारको छनोट गर्नेछ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.