विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनवरी महिनाको सार्वजनिक गरेको बरियतामा नेपाल छ स्थानमाथि उक्लदै १८० औं स्थानमा पुगेको छ । विश्व फुटबल महासंघ (फिफा) ले बिहीबार सार्वजनिक गरेको बरियाता क्रममा नेपालले ६ स्थान फड्को मार्न सफल भएको हो ।

दक्षिण एसियाली मुलुकमा सबैभन्दा माथि रहेको माल्दिभ्स चार स्थान तल झर्दै १३५ औँ स्थानमा पुगेको छ । यस्तै दुई स्थान तल झरी अफगानिस्तान १४४ स्थानमा र ८ स्थान माथि उक्लदै बङ्गलादेश १५७ औँ स्थानमा पुगेको छ ।
यस्तै भारत १७१ औं यथास्थानमा कायमै रहँदा पाकिस्तानले आफूलाई १७ स्थान सुधार्दै भारतसँगको बरियतामा बराबरी गरेको छ । श्रीलङ्का १७३ औं स्थानमा रहँदा बरियतामा एक स्थान तल झरेको छ भने २०९ औं स्थानमा रहेर भुटान विश्वमै सबैभन्दा पुछारमा रहेको छ ।
नेपाल १८६ औं स्थानमा रहेको नेपाल बिहीबार सार्वजनिक बरियतामा १८० औं स्थानमा उक्लेको हो । नेपालले जम्ममा ५५ अंक पाएको छ ।
नयाँ बरियातामा विश्वविजेता जर्मनी पहिलो स्थानमै यथावत छ । अर्जेन्टिना दोस्रो, कोलम्बिया तेस्रो, बेल्जियम चौथो, नेदरल्यान्ड्स पाँचौ र ब्राजिल छैटौं स्थानमा छन् । त्यसैगरी पोर्चुगल सातौं, फ्रान्स आठौं, उरुग्वे नवौं र स्पेन दशौं स्थानमा रहेका छन् ।