न्यूजिल्याण्ड ८ विकेटले विजयी

टिम साउथीको कसिलो बलिङको मद्दतमा विश्वकप क्रिकेटमा इङ्ग्ल्याण्डलाई न्यूजिल्याण्डले ८ विकेटले पराजित गरेको छ । १ सय २४ रनको झिनो लक्ष्य न्युजिल्याण्डले मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो ।
न्युजिल्याण्डका ब्रेन्डम म्याकुलमले सर्बाधिक ७७ र मार्टिन गुप्तीलले २१ रन बनाए । केम विलियम्सनले नटआउट ९ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको इङ्ग्ल्याण्ड ३३ ओभर २ बलमा १२३ रनमा समेटिएको थियो । इङ्ग्ल्याण्डलाई सस्तैमा समेट्न टिम साउथीले सर्बाधिक ७ विकेट लिए र ३३ रन दिए । उनी नै प्लेयर अफ द म्याच भए ।
न्युजिल्याण्डको कसिलो बलिङ सामू इङ्ग्ल्याण्डका खेलाडी निरीह देखिए । जोय रुटले ४६ रन बनाउनु बाहेक अरु चल्न सकेनन् ।
जारी विश्वकपमा सुखद प्रदर्शन गर्दै आएको न्युजिल्याण्डले अब अष्ट्रेलियाको सामना गर्ने छ ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.