दिउँसै विश्वविद्यालयमा सुत्न पाइने

बेलायमा एउटा विश्वविद्यालयले विद्यार्थीहरुलाई दिउसै सुत्ने अवसर प्रदान गर्दैछ । नर्विचमा रहेको युनिभर्सिटी अफ इष्ट एन्जलियाजले विद्यार्थीहरुलाई हरेक दिन ४० मिनेट सुत्ने अवसर प्रदान गर्न लागेको हो । यो सँगै यो कलेज विद्यार्थीहरुलाई दिउसै सुत्न दिने बेलायतको पहिलो कलेज बन्नेछ ।
अमेरिकाको एक विश्वविद्यालयको मनोविज्ञान विभागले सुरु गरेको विद्यार्थीहरुलाई सुत्न दिने सुविधाको सिको गर्दै बेलायती कलेजले पनि यस्तो सेवा सुरु गरेको छ ।
दिउसो विद्यार्थीहरुलाई सुताउनका लागि विशेष सुविधासम्पन्न कोठाहरुको व्यवस्था गरिएको छ । सिसिटिभीको निगरानीमा रहने ती कोठाहरुमा सोफा, बेड, जिवाणु प्रतिरोधी सिरानीका साथै आँखामा लगाउने मास्क र अपारदर्शी पर्दा लगाइएको हुनेछ । विद्यार्थीहरु दिउसो उक्त कोठामा ४० मिनेटसम्म सुत्न वा त्यसको साटो ४० मिनेट अगावै घर जान पाउनेछन् । यो कोठा दिउसोदेखि साँझ ६ बजेसम्म खुल्ला हुनेछ ।
विश्वविद्यालयको विद्यार्थी संगठनकी नेतृ होली स्टेनरले विद्यार्थीहरुको उच्च मागका कारण यस्तो सुत्ने सुविधा सुरु गरिएको भन्दै यसले विद्यार्थीहरुमा सरीरको ब्याट्री रिचार्ज गर्न मद्दत गर्नुका साथै वृहत रुपमा सकारात्मक प्रभाव ल्याउने दाबी गरिन् ।
यसरी कलेजमा सुत्न पाउँदा विद्यार्थीमा बाँकी रहेको समयमा पढाइप्रति रुची तथा एकाग्रता बढ्ने, स्मरण शक्तिमा वृद्धि हुनुका साथै विद्यार्थीहरुले पढाइमा राम्राृ गर्ने जिकिर उनको छ । तर यस्तो सुत्ने सुविधालाई छात्रावासको रुपमा नबुझ्न आग्रह गर्दै विद्यार्थी युनियनले बढि सुत्न चाहनेहरु भने घरमै फर्किनुपर्ने बताएको बीबीसीले उल्लेख गरेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.