अनौठो बालकको जन्म, हेर्नेको घुँईंचो

अछामको रानीवन गाविसमा एक अनौठो बालकको जन्म भएको छ । गएराति रानीवन उपस्वास्थ्य चौकीमा अनौठो रुपमा जन्म लिएका बालकको आन्द्रा, मुटु र फोक्सो शरीरको बाहिरी भागमा रहेको छ । रानीवन गाविसका लालुराम जैसी र आमा परुदेवी जैसीको सन्तानका रुपमा ती बालकको जन्म भएको स्वास्थ्य चौकी रानीवनका अनमी रीता नेपालीले बताइन् । बालकको तीनवटा ओँठ, दुई हातमा १२ औँला रहेको हात बाङ्गो अवस्थामा रहेको दुईवटा जिब्रो रहेको र नाक र मुख एउटै ठाउँमा रहेको अण्डकोष नभएको स्वास्थ्य चौकीका अनमी नेपालीले बताइन् । नियमित गर्भजाँच गराउँदै सबै खोप लगाउँदै गरेकी ती बालककी आमाले सुविधा नभएका कारण भिडियो एक्सरे नगरिएको बताएकी छन् । अनौठो जन्म लिएका बालक र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी नेपालीले जानकारी दिइन् ।  अहिले बालकलाई हेर्नेको घुइँचो लागेको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.