सित्तैमा मोबाइल इन्टरनेट दिने गुगलको तयारी

मोबाइल फोनको प्रयोग केवल फोन गर्ने साधनका रुपमा मात्र सिमित रहेन, यो दैनिक जीवनको अभिन्न अंग बनिसक्यो । दैनिक जीवनलाई सहज बनाउने बिभिन्न एप र इन्टरनेटका कारण मोबाइल फोन सवैभन्दा शक्तिशाली माध्यम बनिसक्यो ।
तर, बिकाशोन्मुख मुलुकहरुमा जति ठूलो जनसंख्या हरेक दिन स्मार्टफोन प्रयोगकर्तामा रुपमा थपिएको छ, उनीहरुले त्यसको उपयोग भने गर्न सकिरहेका छैनन् । यसमा सवैभन्दा ठूलो बाधक हो- मोबाइल डाटा अर्थात इन्टरनेटको महंगो मूल्य ।
भारत, इन्डोनेसिया, फिलिपिन्स, नेपाल लगायतका मुलुकमा इन्टरनेटको चर्को शुल्कका कारण इन्टरनेटमै संसार सिर्जना अभियानमा बाधा पुगिरहेको निष्र्कष निकाल्दै गुगलले यस्ता मुलुकहरुमा निःशुल्क इन्टरनेट दिने अभियान थाल्दै छ ।
हालै सस्तो मूल्यको स्मार्टफोन ‘एन्ड्रोइड वान’ सार्वजनिक भएका मुलुकहरुमा ती प्रयोगकर्तालाई लक्षित गर्दै निःशुल्क इन्टरनेट दिने अभियान चलाउन लागेको बताइएको छ ।
यसका लागि गुगलले भारतका बिभिन्न मोबाइल सेवा प्रदायक र एप्स निर्माताहरुसँग छलफल गरिरहेको छ । योजनाअनुसार गुगलको अगुवाईमा मोबाइल सेवा प्रदायकहरुले ग्राहकलाई निश्चित एप्स चलाउँदा पैसा नलाग्ने बनाउने छ । अर्थात त्यसरी एप डाउनलोड गर्दा र प्रयोग गर्दा लाग्ने खर्च गुगलले टेलिफोन सेवा प्रदायक कम्पनीलाई तिरिदिने छ । जसले गर्दा पहिलोपटक स्मार्टफोन प्रयोग गर्न थालेको ठूलो समुदाय इन्टरनेटसँग जोडिने उसको बिश्वास छ ।
त्यसरी इन्टरनेटमा खर्च गरिएको पैसा मोबाइल बिज्ञापनमार्फत् फिर्ता हुने गुगलको बिश्वास छ । पछिल्लो समयमा ठूला प्रबिधि कम्पनीहरुले निःशुल्क सेवा अर्थात ‘जिरो-रेटिङ’ बिधिलाई बजार बिस्तारको रणनीतिका रुपमा प्रयोग गरिरहेका छन् ।
हालै भारतमा बिभिन्न ३० वटा वेबसाइट निःशुल्क खुल्ने बनाइएको छ । विकिपेडियाले नेपालसहित बिकाशोन्मुख मुलुकहरुमा सित्तैमा आफ्नो साइट खोल्न सक्ने सुबिधा दिएको छ । पछिल्लो समयमा ट्वीटर र अनलाइनखबर डटकमले पनि एनसेलसँगको साझेदारीमा निःशुल्क सेवा दिँदै आएको छन् ।
गुगलका लागि सित्तैमा इन्टरनेट दिने अभियान किन पनि जरुरी छ भने चीन र भारत लगायत ठूलो जनसंख्या भएका बजारमा शाओमीसहितका सस्ता फोन सेटले बजार खाइरहेका छन् । उनीहरुसँग भिडन्त गर्न उसले हालै सस्तो मूल्यको एन्ड्रोइड वान फोन सार्वजनिक गरेको छ । एन्ड्रोइड वानलाई लोकपि्रय बनाउन र गुगलको ब्यापारलाई दिगो बनाउन उसले अरबौं जनसंख्या भएको यो बजारमा नयाँ ग्राहक खोज्नुपर्ने अबस्था छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.