Latest Post

ति बेला पूर्व रानी कोमल शाह अस्पतालमा छिन् तर हिमानी शाह भने शाशु कोमल शाहको उपचार छाडेर नेपाल आएकी छिन् । सामाजिक काममा सधै अग्रस हिमानी तराइको बाढी र दुखीको साथ दिन नेपालको तराई पुगेकी छिन् उनले भद्रो ७ गते पर्सा जिल्लाका पिडितहरुलाई राहत बितरण गर्ने योजना छ । थप जानकारीको लागि भिडियो हेर्नुस :-

The post हिमानीले छोडिन् राजपरीवार, साशुको उपचार छोडेर नेपालमा (भिडियो सहित ) appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

काठमाडौं, ७ भदौ । साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा शायदै कोही यस्तो कलाकार होला जो चर्चा र कमाईको मामलामा पछि छ । यो इन्डस्ट्रीमा एक से एक सुपरस्टार छन् ।

जसका फ्यान फलोइङ बलिउड स्टार भन्दा कम छैन । यी नै स्टारको सूचीमा छन् अल्लु अर्जुन । अल्लु अर्जुन तेलुगु फिल्मका सुपरस्टार हुन् । अल्लु अर्जुनले आफ्नो अभिनय यात्रा बाल्यकाल देखि नै सुरु गरेका हुन् । उनले फिल्म ‘ड्याडी’ बाट उनले अभिनय सुरु गरेका हुन् । उनले लिड रोल भने फिल्म ‘गंगोत्री’ बाट सुरु गरेका हुन् । त्यो भन्दा ठूलो ब्रेक उनलाई ‘आर्या’ बाट मिल्यो ।

यो फिल्मले उनको करिअर कायापलट गरिदियो । फिल्ममा उनको जबरजस्त अभिनय देखियो । यही फिल्मबाट उनले फिल्मफेयरको बेस्ट तेलुगु एक्टरको अवार्ड समेत मिल्यो । यो पछि उनको सफलता थप चुलिँदै गयो । उनले एक पछि अर्को ब्लकबस्टर फिल्म दिएका छन् । भारतीय संचार माध्यमहरुका अनुसार उनी तेलुगु सिनेमाका ठूला अभिनेता हुन् । उनले एक फिल्ममा काम गरेवापत १४ देखि १५ करोड पारिश्रमिक लिने गरेका छन् ।

उनी मात्रै साउथका यस्ता स्टार हुन् जसको फेसबुकमा १ करोड भन्दा बढी फलोअर छन् । यसका साथै उनी फोब्र्सको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीको सूचीमा समेत समावेश छन् । एजेन्सी

The post लगातार हिट फिल्म दिने साउथका यी सुपरस्टार, कति लिन्छन् पारिश्रमिक ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

जनकपुर, ७ भदौ – धनुषासहित तराईका जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला जनकपुरमा ‘कपाल काट्ने किरा’ भेटिएको भन्दै हेर्नेको भीड लागेको छ ।

जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलवार एक युवतीको कपाल काटिने घटना भएसँगै गएका स्थानीय वासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेका थिए ।

अनौठो प्रकारको गन्ध पनि आउने किरा समाउने स्थानियबासिन्दाहरुले सानो डब्बामा राखेर जमिनमा गाडेको भएपनि जनकपुरका पत्रकार विकास साह घटना स्थल पुगेर उत्खनन गरेका थिए ।

मंगलबार राति ल्याइएको किरालाई ठुलो बट्टामा राखिएको अवस्थामा राति १ बजे तिर मरेको छ । आज विहान सो किरा हेर्न निकै मान्छेहरुका घुइचो लागेपछि अहिले उक्त किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन् ।

धनुषाका एसपी आचार्यका अनुसार आफुलाई किराबारे जानकारी प्राप्त भएलगतै किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको र सो बारेमा किरा अनुसन्धानकर्ताहरुलाई जानकारी गराइएको बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसकिने बताए ।

The post यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.