यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड

जनकपुर, ७ भदौ – धनुषासहित तराईका जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चल्दै आएको बेला जनकपुरमा ‘कपाल काट्ने किरा’ भेटिएको भन्दै हेर्नेको भीड लागेको छ ।

जनकपुर उपमहानगरपालिकाको रामपुरमा मंगलवार एक युवतीको कपाल काटिने घटना भएसँगै गएका स्थानीय वासिन्दाहरुले केशमै लटपटिएको अवस्थामा एक अनौठो प्रकारको किरा फेला पारेका थिए ।

अनौठो प्रकारको गन्ध पनि आउने किरा समाउने स्थानियबासिन्दाहरुले सानो डब्बामा राखेर जमिनमा गाडेको भएपनि जनकपुरका पत्रकार विकास साह घटना स्थल पुगेर उत्खनन गरेका थिए ।

मंगलबार राति ल्याइएको किरालाई ठुलो बट्टामा राखिएको अवस्थामा राति १ बजे तिर मरेको छ । आज विहान सो किरा हेर्न निकै मान्छेहरुका घुइचो लागेपछि अहिले उक्त किरालाई जिल्ला प्रहरी कार्यालय धनुषामा राखिएको धनुषाका एसपी लालमणि आचार्यले बताएका छन् ।

धनुषाका एसपी आचार्यका अनुसार आफुलाई किराबारे जानकारी प्राप्त भएलगतै किरा जिल्ला प्रहरी कार्यालय ल्याइएको र सो बारेमा किरा अनुसन्धानकर्ताहरुलाई जानकारी गराइएको बताए । उनले अहिले अनुसन्धानकै क्रममा रहेकाले केही भन्न नसकिने बताए ।

The post यसले काट्दो रहेछ तराईका महिलाको कपाल, जनकपुरमा हेर्नेको भीड appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.