लगातार हिट फिल्म दिने साउथका यी सुपरस्टार, कति लिन्छन् पारिश्रमिक ?

काठमाडौं, ७ भदौ । साउथ इन्डियन फिल्म इन्डस्ट्रीमा शायदै कोही यस्तो कलाकार होला जो चर्चा र कमाईको मामलामा पछि छ । यो इन्डस्ट्रीमा एक से एक सुपरस्टार छन् ।

जसका फ्यान फलोइङ बलिउड स्टार भन्दा कम छैन । यी नै स्टारको सूचीमा छन् अल्लु अर्जुन । अल्लु अर्जुन तेलुगु फिल्मका सुपरस्टार हुन् । अल्लु अर्जुनले आफ्नो अभिनय यात्रा बाल्यकाल देखि नै सुरु गरेका हुन् । उनले फिल्म ‘ड्याडी’ बाट उनले अभिनय सुरु गरेका हुन् । उनले लिड रोल भने फिल्म ‘गंगोत्री’ बाट सुरु गरेका हुन् । त्यो भन्दा ठूलो ब्रेक उनलाई ‘आर्या’ बाट मिल्यो ।

यो फिल्मले उनको करिअर कायापलट गरिदियो । फिल्ममा उनको जबरजस्त अभिनय देखियो । यही फिल्मबाट उनले फिल्मफेयरको बेस्ट तेलुगु एक्टरको अवार्ड समेत मिल्यो । यो पछि उनको सफलता थप चुलिँदै गयो । उनले एक पछि अर्को ब्लकबस्टर फिल्म दिएका छन् । भारतीय संचार माध्यमहरुका अनुसार उनी तेलुगु सिनेमाका ठूला अभिनेता हुन् । उनले एक फिल्ममा काम गरेवापत १४ देखि १५ करोड पारिश्रमिक लिने गरेका छन् ।

उनी मात्रै साउथका यस्ता स्टार हुन् जसको फेसबुकमा १ करोड भन्दा बढी फलोअर छन् । यसका साथै उनी फोब्र्सको सबैभन्दा बढी कमाई गर्ने सेलिब्रेटीको सूचीमा समेत समावेश छन् । एजेन्सी

The post लगातार हिट फिल्म दिने साउथका यी सुपरस्टार, कति लिन्छन् पारिश्रमिक ? appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.