Latest Post

चैत्र १४,(सुवास संकल्प), इटहरी,
केहि समय अगाडि सम्म बिशेष गरि काठमाण्डौलाई मात्र मनोरन्जनको मुख्य थलोको रुपमा लिइन्थ्यो तर अब त्यो सोचलाई चिर्दै आफ्नै ठाउबाट पनि केहि गर्न सकिन्छ भनेर लागि पर्नेहरुको लहर नै चलेको छ, यसै क्रममा पुर्वको इटहरीमा आज एक कार्यक्रमको बीच म्युजिक भिडियो सार्बजनिक गरिएको छ l 
ग्लोरी मिडिया प्रालि इटहरीले आफुले उत्पादन गरेको "रातकी रानी" बोलको म्युजिक भिडियोलाई इटहरीस्थित प्रिमियर होटलको सभाहलमा पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियो इटहरीको जल्दो बल्दो पत्रकार अर्थात पूर्वी बजार पत्रिकाका संचालक प्रेम बास्तोलाको हातबाट सार्बजनिक गरिएको थियो l युवा गायक रक्षक राईको आवाजमा रहेको सो गीतलाई रुद्र श्रेष्ठले लेखेका हुन भने श्रेष्ठकै संगित पनि रहेको छ l  त्यस्तै गीतलाई रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् भने र्‍यापको भाग पनि उनैले गाएका छन् । 
Monetize your website traffic with yX Media
इटहरीमा अवस्थित पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो बाट रेकर्डिङ्ग गरिएको सो गीतको भिडियोलाई बसन्त राईले निर्माण गरेका छन् भने शिर कुमार राईको निर्देशन गरेका छन् l गितको भिडियोमा सबिना श्रेष्ठ, सुरेन प्यासी, सबिना याक्खा र बसन्त राईको अभिनय देख्न सकिन्छ। मोरङ्गको गोकुलम रिसोर्ट र इटहरीको ताल तलैयामा छायांकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको कार्यक्रममा सहभागीहरुले बताएका छन् l भिडियोलाई छिटै टेलिभिजन तथा युटुब मार्फत बाट पनि सार्बजनिक गरिने छ l



via IFTTT

चैत्र १४,(सुवास संकल्प), इटहरी,
नेपालि सिने जगतमा सन् २००२ मा सार्वजनिक भएको र झरना थापालाई फिल्मलाईनमा चिनाएको फिल्म हो 'ए मेरो हजुर' l यहि फिल्ममा झरना संगै अभिनय गर्ने नायक हुन् सबैको प्रिय बनेका र देश र दर्शकलाई रुवाउदै धर्ति छोडेका स्व नायक श्री कृष्ण श्रेष्ठ l हाल यहि फिल्म मार्फत रजतपटमा उदाएकी र सदाबहार नायिकाको उपाधि पाएकी झरनाले आफुलाई रजतपटमा डेब्यु निर्देशकको भूमिका खेल्दै "ए मेरो हजुर-२" दर्शक माझ ल्याउदै छिन l
केहि दिन अगाडि मात्रै "ए मेरो हजुर-२" को एक झलक सार्बजनिक भएको थियो भने अहिले फिल्मको टाईटल गीत "कशम हो" सार्बजनिक गरिएको छ भने युटुबमा आएको एक दिनमै अर्थात यो समाचार तयार पार्दा सम्म गीतलाई ४ लाख ४४ हजार भन्दा बढि पटक हेरिएको छ l आइतबार साँझ युट्युबमार्फत सार्वजनिक गरिएको यो गीत युटुब ट्रेन्डिङको ३ नम्बरमा रहेको छ । यो फिल्मको निर्देशक रहेकी नायिका झरना थापाको जन्मदिनको उपलक्ष्यमा सार्बजनिक उक्त गीतको सुरुमै झारनाले "ए मेरो हजुर" का नायक स्व श्रीकृष्ण श्रेष्ठ र निर्देशक शिव रेग्मीलाई सम्झनाका सब्दहरुले श्रद्दाञ्जली दिएकी छिन् ।
Monetize your website traffic with yX Media
रेनेशा राईले निर्देशन गरेको गीतको भिडियोमा कृष्णहरी बरालको शब्द रहेको छ भने गायक सुगम पोखरेलले स्वर दिएका छन् । गीतमा कल्याण सिंहको संगीत रहेको छ । अब फिल्म "ए मेरो हजुर-२" को यो टाइटल गीतले पनि फिल्मलाई राम्रो प्रोमोशन गरेको र दर्शकले रुचाउने संकेत बुझ्न सकिन्छ । सुहाना इन्टरटेन्मेण्टको ब्यानरमा सुनिल कुमार थापाले निर्माण गरेको यो फिल्म 'ए मेरो हजुर' को सिक्व्येल नभएपनि नाम भने पुरानै फिल्मबाट सापटी लिइएको हो । सस्पेन्स लभ स्टोरी ड्रामामा साम्राज्ञी राज्यलक्ष्मी र सालिनमान बानियाँको मुख्य अभिनय रहेको छ । त्यस्तै सलोन बस्नेत, अनुभव रेग्मी, बुद्दी तामाङ, विलशन बिक्रम राई, सुमन पौडेल आदीको पनि अभिनय रहेको छ।
हेर्नुस "ए मेरो हजुर-२" को टाईटल गीत :
Monetize your website traffic with yX Media



via IFTTT

चैत्र १३,(आशिक शाह), लाहान,
नेपालमा रहेको भारु साट्न भारत सहमत भएको छ । तर भारतले बैधानिक रुपमा प्रति ब्यक्ति ४५ सय सम्म मात्र साट्ने छ । नेपालले २५ हजार सम्म साट्न प्रस्ताब राखेको थियो । रिजर्व बैंक अफ इंडियाकि कार्यकारी अधिकृत दिपाली पन्त जोशी नेतृत्वको टोलिले आज नेपाल राष्ट्र बैंकका अधिकारीहरु संग छलफल गरे पछि ४५ सय सम्म भारु साट्न सकिने सहमति जनाएको हो ।
स्रोतको अनुसार राष्ट्र बैंकका अधिकारीले २५ हजार सम्म साटीदिन पुनःआग्रह गरेको थियो । तर भारतिय पक्षले ४५ सय भन्दा बढी साट्न नसकिने बताएका थिए । गत नोभेम्बर देखि भारतले त्यहा को ५०० र १००० दरका नोट प्रतिबन्ध लगाएका थिए त्यसपछि नेपाली संग भएका नोट साट्ने बारे अन्योल भएको थियो । आरबिआई का कार्यकारी निर्देसक पन्त सहितको टोलिले आज नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, बिदेशी विनिमय बिभाग प्रमुख भिष्म राज ढुंगानाक साथै आर्थ र पररास्ट्र मन्त्रयालाका प्रमुख संग छलफल गरेका थिए ।
Monetize your website traffic with yX Media



via IFTTT

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.