चैत्र १४,(सुवास संकल्प), इटहरी,
केहि समय अगाडि सम्म बिशेष गरि काठमाण्डौलाई मात्र मनोरन्जनको मुख्य थलोको रुपमा लिइन्थ्यो तर अब त्यो सोचलाई चिर्दै आफ्नै ठाउबाट पनि केहि गर्न सकिन्छ भनेर लागि पर्नेहरुको लहर नै चलेको छ, यसै क्रममा पुर्वको इटहरीमा आज एक कार्यक्रमको बीच म्युजिक भिडियो सार्बजनिक गरिएको छ l
ग्लोरी मिडिया प्रालि इटहरीले आफुले उत्पादन गरेको "रातकी रानी" बोलको म्युजिक भिडियोलाई इटहरीस्थित प्रिमियर होटलको सभाहलमा पत्रकार सम्मेलन गर्दै भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियो इटहरीको जल्दो बल्दो पत्रकार अर्थात पूर्वी बजार पत्रिकाका संचालक प्रेम बास्तोलाको हातबाट सार्बजनिक गरिएको थियो l युवा गायक रक्षक राईको आवाजमा रहेको सो गीतलाई रुद्र श्रेष्ठले लेखेका हुन भने श्रेष्ठकै संगित पनि रहेको छ l त्यस्तै गीतलाई रिकेश बज्राचार्यले एरेन्ज गरेका छन् भने र्यापको भाग पनि उनैले गाएका छन् ।
इटहरीमा अवस्थित पुर्वाञ्चल डिजिटल रेकर्डिङ्ग स्टुडियो बाट रेकर्डिङ्ग गरिएको सो गीतको भिडियोलाई बसन्त राईले निर्माण गरेका छन् भने शिर कुमार राईको निर्देशन गरेका छन् l गितको भिडियोमा सबिना श्रेष्ठ, सुरेन प्यासी, सबिना याक्खा र बसन्त राईको अभिनय देख्न सकिन्छ। मोरङ्गको गोकुलम रिसोर्ट र इटहरीको ताल तलैयामा छायांकन गरिएको म्युजिक भिडियो उत्कृष्ट बनेको कार्यक्रममा सहभागीहरुले बताएका छन् l भिडियोलाई छिटै टेलिभिजन तथा युटुब मार्फत बाट पनि सार्बजनिक गरिने छ l
via IFTTT


Post a Comment
Thanks.