Latest Post

शाहिद कपूर पत्नी मिरालाई घरमा छोडेर होटलमा बस्न थालेका छन् । शाहिद कपूर यतिबेला संजय लिला भन्सालीको फिल्म ‘पद्य्मावती’ को लागि मेहनत गरिरहेका छन् ।

यहि कारण उनी घर छोडेर होटलमा सिफ्ट भएका छन् । उसो त शाहिदको घरबाट सुटिङ सेट निकै दुरीमा छ । ट्राफिक जाम र समय बचाउनको लागि शाहिद घर छोडेर एक फाईवस्टार होटलमा बसेका हुन् ।

स्मरण रहोस् होटल सेटको नजिकै छ । यस फिल्ममा शाहिद राजा रतन सिंहको भुमिकामा देखिनेछन् ।

http://ift.tt/eA8V8J

काठमाडौं, ११ असार । दक्षिण भारतीय फिल्म ‘दुवदा जगन्नाधम’ले पहिलो दिनमा नै विश्वव्यापी रुपमा ३३ करोड कमाएको छ । फिल्मका स्टार अल्लू अर्जुन अभिनित चलचित्रले एकैदिनमा ३३ करोड कमाएको हो ।

एक्सनले भरिपूर्ण यो तेलुगू फिल्मका निर्माताले एकैदिनमा ३३ करोड कमाई गरेको दाबी गरेका हुन् । ‘यो अल्लू अर्जुनको शानदार सुरुवात गरेका फिल्ममध्ये एक हो । सोमबार विदा भएका कारण चार दिनमा फिल्मले उत्कृष्ट कमाई गर्ने निर्माताले भनेका छन् ।

फिल्ममा पूजा हेगड़े, राव रमेश, सुब्बाराज र मुरली शर्माका समेत अभिनय छ । फिल्मका निर्माता दिल राजूका साथमा अभिनेता अर्जुनका यो तेस्रा हिट फिल्म हो । दुवैले यसअघि फिल्म ‘आर्य’ र ‘पारुगु’मा सँगै काम गरेका थिए । फिल्ममा देवी श्रीप्रसादको संगीत छ । एजेन्सी

http://ift.tt/eA8V8J

काठमाडौँ-नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकरविच विवाह हुने पक्का भएको छ । अब यि दुइले असार १६ गते बिहे गर्ने भएका छन् ।

नायिका नीशा अधिकारी र क्रिकेटर शरद भेषावकर केही दिन अगाडि चितवनमा एकसाथ देखिएपछि यि दुईको बिहेको कुरा बाहिर आएको थियो ।नीशा र शरदको बिहेले नेपाली चलचित्र र क्रिकेटलाई जोड्ने छ ।

असार १६मा बिहे गरेपछि निशा र शरदले असार १८ गते भने बिहे भोजको आयोजना गर्ने बताइएको छ ।

http://ift.tt/eA8V8J

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.