एकैदिनमा अल्लुअर्जुनको फिल्मले कमायो ३३ करोड

काठमाडौं, ११ असार । दक्षिण भारतीय फिल्म ‘दुवदा जगन्नाधम’ले पहिलो दिनमा नै विश्वव्यापी रुपमा ३३ करोड कमाएको छ । फिल्मका स्टार अल्लू अर्जुन अभिनित चलचित्रले एकैदिनमा ३३ करोड कमाएको हो ।

एक्सनले भरिपूर्ण यो तेलुगू फिल्मका निर्माताले एकैदिनमा ३३ करोड कमाई गरेको दाबी गरेका हुन् । ‘यो अल्लू अर्जुनको शानदार सुरुवात गरेका फिल्ममध्ये एक हो । सोमबार विदा भएका कारण चार दिनमा फिल्मले उत्कृष्ट कमाई गर्ने निर्माताले भनेका छन् ।

फिल्ममा पूजा हेगड़े, राव रमेश, सुब्बाराज र मुरली शर्माका समेत अभिनय छ । फिल्मका निर्माता दिल राजूका साथमा अभिनेता अर्जुनका यो तेस्रा हिट फिल्म हो । दुवैले यसअघि फिल्म ‘आर्य’ र ‘पारुगु’मा सँगै काम गरेका थिए । फिल्ममा देवी श्रीप्रसादको संगीत छ । एजेन्सी

http://ift.tt/eA8V8J
Labels:

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.