Latest Post

फागुन २७,(सुवास संकल्प), इटहरी,
बिषेश गरि नेपालि सांगीतिक क्षेत्रमा निकै अग्रस्थान अनि उत्कृष्ट भिडियोहरु सांगीतिक बजारमा पस्किरहेको गीत तथा भिडियो उत्पादन कम्पनीहरु मध्ये अग्र स्थानमा आउछ प्रियशी म्युजिक प्रा लि l यसै म्युजिक कम्पनि मार्फत हालै एक मार्मिक भिडियो सार्बजनिक भएको छ l 
चर्चित लोक गायिका देबी घर्ति मगरको सुमधुर स्वरमा सजिएको "तिम्रै यादमा पागल हुन लाछु" बोल रहेको उक्त गीतको भिडियो निकै मार्मिक तथा भाबुक बनाउने रहेको छ l शिला दुखि को सब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा एक दम्पतिको सुखमय जीवनयापन चलिरहेको बेला आफ्नो श्रीमान् ले अचानक धर्ति छोडे पछि आफु बिदुवा हुदाको पिडालाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ l 
प्रियशी म्युजिक प्रालि को स्वामित्वमा रहेको सो गीत तथा भिडियोलाई पछिल्लो समय छोटो समयमै आफ्नो कला, मेहनत, मिजासिलो स्वभाबले गर्दा सबैको प्रिय बन्दै भिडियो निर्देशनमा अगाडि बढिरहनु भएको महिला निर्देशक बबिता श्रेष्ठ पुरीले निर्देशन गर्नु भएको छ l त्यस्तै यो भिडियोलाई मुकेश हुमागाईं ले छायांकन गर्नु भएको छ भने भिडियोमा आशा खाड्का र रामकाजी सिम्खडाको जिवन्त अभिनय देख्न सकिन्छ l भिडियोलाई अविनाश डिसी ले सम्पादन गरेका छन् भने प्रियशी म्युजिक कम्पनीकै आधिकारिक युटुब च्यानल बाट भिडियो लाई सार्बजनिक गरिएको छ l
भिडियो हेर्नको लागि तलको लिंक मा क्लिक गर्नुहोला : 
Monetize your website traffic with yX Media




via IFTTT

फागुन २६,(सुवास संकल्प), इटहरी,
विश्वकै मोडलका लागि एउटा ठुलो सपना हुने गरेको ‘लक्मे फेसन विक’ मा सहभागी भएर विश्वकै पहिलो तेश्रोलिङ्गि मोडलको उपमा पाएकी मोडल अन्जली लामा हाल दुर्गिश ब्यानरबाट बन्न लागेको फिल्म "लाउरे" बाट नेपालि फिल्ममा डेब्यु गर्दैछिन l 
लामा संगै गायक नरेन लिम्बु पनि नेपालि फिल्ममा पहिलो पटक मुख्य भूमिकामा एक साथ् देखिने छन् भने पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठलाई पनि मुख्य भूमिकामै देखिने छ । नेपालि फिल्ममा पहिलो पटक देखिन लागेको उनि को हुन् ? र ‘लाउरे’ मा अन्जलिको भूमिका के हुनेछ ? भन्ने चर्चा बढ्दै गईरहेको छ l आज हामीले अन्जली "लाउरे" मा अनुबन्ध भए पश्चात उनको भूमिका के हुनेछ, त्यसको बारेमा केहि खुलाशा र उनको बारेमा छोटो जानकारी सहितको भिडियो प्रस्तुत गर्दैछौ l 
भिडियो तलको लिंकमा क्लिक गरेर हेर्न सकिने छ :
Monetize your website traffic with yX Media



via IFTTT

फागुन २५,(रोशन पोखरेल), विराटनगर,
नेपाली लोक दोहोरी गित संगितको क्षेत्रमा ज्यादै लोकप्रिय गायक पुष्कल शर्मा र गायिका माया पारदहीको आवाजमा भौरव कालिका म्युजिक कम्पनिको प्रस्तुतिमा पुष्कल शर्माको नयाँ गित माया गर्छु  मनदेखी मैले गित बजारमा बजारमा भखरै सार्वजनिक भएको छ। 
माया गर्ने प्रेमीकालाई मन देखी माया गर्छु भन्दै आफनी प्रेमिका लाई गितमा भन्दैछन । माया मा पिडा जति सहेर भएर पनि धोका नदिनु भन्दै आफना प्रेमी पुस्कललाई गायिका मायाले आग्रह गरेकी छिन । माया जुनी भर कायम गर्न मनमा भएका पिडालाई भुल्नको लागी इश्वरलाई पुकारदै गितका शब्द संजक अर्र्जुन वि सि ले  आफनो कलमलाई अगाडि बढाएका छन । ज्यादै मार्मिक गितलाई संगित संयोजन गर्ने काम लोकेन्द्र शाहिले गरेका छन । मायाको भावनालाई कुशल रुपमा कलाकारलाई निर्देशन गर्ने काम अहिलेका निकै व्यस्त निर्देशक काजिस श्रेष्ठले गरेका छन । भने गितमा जिवन्त अभिनय गर्ने काम मोडल सारदा भण्डारी तथा सन्देश राना मगरले गरेका छन ।
भिडियो तलको लिंकमा :
Monetize your website traffic with yX Media




via IFTTT

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.