Latest Post

कार्तिक २५ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतको केरलामा हुने ‘साफ च्याम्पियनसिप २०१५’ फुटबलका लागि २७ खेलाडी छानेको छ ।

एन्फाले मुख्य प्रशिक्षक प्याट्रिक एजुम्सको निगरानीमा रहेका प्रारम्भिक ३९ खेलाडी मध्येबाट २७ खेलाडी छानिएको जनाएको छ ।


प्रारम्भिक टोलीमा रहेका चार खेलाडी चोटका कारण अभ्यासमा सहभागी भएनन्भने ८ जना छनोट हुन सकेनन् । २७ खेलाडी मध्येबाट अभ्यासका आधारमा अन्तिम टोली घोषणा गरिने बताइएको छ ।

छनोट हुने २७ जनामा किरण चेम्जोङ, विकेश कुथु, अमृत चौधरी, रञ्जित धिमाल, रविन श्रेष्ठ, देवेन्द्र तामाङ, जितेन्द्र कार्की, अनन्त तामाङ, अदित्य चौधरी, विराज महर्जन, अजित भण्डारी, जगजित श्रेष्ठ छन् ।

यस्तै, रोहित चन्द, हेमन गुरुङ, राजेन्द्र रावल, शिव श्रेष्ठ, विक्रम लामा, विशाल राई, योगेश गुरुङ, टंक बस्नेत पनि २७ जनाभित्र परेका छन् ।

यसैगरी, नवीन लामा, अन्जन विष्ट, नवयुग श्रेष्ठ, अनिल गुरुङ, विमलघर्ती मगर, किरण लिम्बु र भरत खवास पनि अभ्यास टोलीमा परेका टिम व्यवस्थापक रमेश रायमाझीले बताए ।

‘म्याच फिक्सिङ’ प्रकरणपछि नेपाली फुटबल आलोचित बनिरहेका बेला यो टिम घोषणालाई निकै महत्वका साथ हेरएको छ ।

साफ च्याम्पियनसिप आउँदो डिसेम्बर २३ देखि भारतको केरलामा हुँदैछ । 

कार्तिक २३। जर्गेन क्लोपले लिभरपुलको म्यानेजरका रुपमा पहिलो हार व्यहारेका छन् । इंग्लिस प्रिमियर लिगमा आइतबार राति भएको खेलमा लिभरपुल क्रिस्टल प्यालेससँग २-१ ले पराजित भएको हो ।
लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा प्यालेसले २१ औं मिनेटमा यानिक बोलासीले गोल गरे । पहिलो हाफ सकिन केही मिनेट बाँकी छँदा काउटिन्होले लिभरपुलका लागि बराबरी गोल फर्काए ।
प्यालेससँगको खेल हेर्न लिभरपुलका पूर्व कप्तान स्टफेन जेरार्ड समेत एन्फिल्ड पुगेका थिए । तर, ८२ औैं मिनेटमा प्यालेसका स्टक डानले गोल गरे ।
डानको गोलपछि लिभरपुलका स्ट्राइकर क्रिष्टियन बेन्टेकेको हेडर पोष्ट नजिकैबाट बाहिरियो भने काउटिन्होको प्रयास प्यालेस गोलरक्षकले असफल पारे ।
खेलमा लिभरपुलले बल पोजिसन ६५ प्रतिशतसम्म बनाएको थियो । तर, गोलका लागि गरेको २२ प्रयासमा उसको चार प्रहासमा मात्र सही दिशामा थियो ।
हारपछि लिभरपुलका प्रशिक्षक क्लोपले यो खेल गुमाउनु नपर्ने बताएका छन् । सुरुवाती १५ मिनेट आफ्ना खेलाडीहरु मैदानमा नभए झै भएको र गोल खाएपछि मात्र विउँझिएको र अबसर सृजना गरेको उनले बताए ।
तर, दोस्रो हाफमा फेरि टीममा समस्या आएको र विपक्षीले मौका पाएको उनले बताएका छन् । 

कार्तिक २३ । आजबाट यमपञ्चक शुरु भएको छ । यमपञ्चकको पहिलो दिन आज कागलाई बिभिन्न परिकार खान दिएर कागतिहार मनाईंदै छ ।
शुभ र अशुभ दुबै प्रकारको सन्देश दिने कागका लागि कार्तिक कृष्ण त्रयोदशीका दिन पूजा गर्ने परम्परा रहेको छ ।
यसैदिन भैषशास्त्रका धन्वन्तरीले अवतार लिएको कथनअनुसार धन त्रयोदशी भन्दै वैधराजहरुलेधन्वन्तरीको पूजा आराधना गर्ने परम्परा छ ।
यमपञ्चकको दोस्रो दिन भैरवको वाहनका रुपमा रहेको कुकुरको पूजा गरिन्छ । त्यस्तै औंशीका दिन बिहान गाईको पूजा गरेर साँझ दीपावलीका साथ लक्ष्मीको पूजा गरिन्छ । तिहारको चौथो दिन कार्तिक शुक्ल प्रतिपदामा गोवर्धन पूजा गरिन्छ । जसमा गोवर्धन, बहर र दैत्यराज बलीको पूजा गरिन्छ ।
नेवार समुदायमा यस दिन म्हः पूजा भनि सगुन लिई आफ्नै शरीरको पूजा गर्ने चलन छ । पाँचौ दिन दिदीबहिनीले आफ्ना दाजुभाईलाई पूजा गरी भाइटीका मनाउँछन् ।
नेपाल पञ्चाङग निर्णायक समितिका अनुसार यसपटकको भाईटीकाको साइत २७ गते शुक्रवार बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको छ ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.