Latest Post

नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैंछ । दक्षिण एसियाली मुलुक पाकिस्तान बाहेक सात राष्ट्रका लागि यो भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो । ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ । भारतले पहिलोपटक दक्षिण एसियाली मुलुकका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।
सुरुमा यसलाई ‘सार्क सेटेलाइट’ नाम दिने तयारी थियो तर पाकिस्तानले आफू यसको हिस्सा नबन्ने बताएपछि यसलाई ‘दक्षिण एसिया सेटेलाइट’ भनिएको हो । पाकिस्तानले आफूलाई भारतको कुनै प्रकारको उपहार नचाहिने भन्दै यसमा सामेल हुन अस्वीकार गरेको हो ।
यो भू–उपग्रहका माध्यमबाट सार्कका सात मुलुकबीच टेलिकम्यूनिकेसन र प्रशारणसम्बन्धी सेवाहरु सहज हुने बताइएको छ ।

 बैशाख २१ । युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा ईटालीको युभेन्टसले फ्रान्सको मोनाकोलाई हराएको छ ।


बुधबार राति फ्रान्समा भएको खेलमा पाहुना टोली २-० ले विजयी भएको हो । खेलमा युभेन्टसलाई विजयी गराउन दुवै गोल गोन्जालो हिगुवानले गरे ।
जितसँगै युभेन्टसले प्रतियोगिताको फाइनल पुग्ने सम्भावना बलियो पारेको छ । उता मोनाको भने ईटालीमा हुने दोस्रो लेगको खेलपूर्व दबाबमा आएको छ ।
दोस्रो लेगको खेल अर्को हप्ता ईटालीको टुरिनमा आयोजना हुनेछ ।
च्याम्पियन्स लिग सेमिफाइनलको अर्को खेलमा स्पेनको रियाल मड्रिडले एथ्लेटिको मड्रिडमाथि पहिलो लेगमा ३-० को अग्रता लिएको छ ।


१३  वैशाख। आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औंशी । आमा  सग काम  विशेषले घर बाहिर गएका  छोराछोरी आमाको मुख हेर्न भन्दै भेट्न जाने  तथा आमा लाई मीठा मिठा परिकार खुवाई खुसि बनाउने चलन रहेको छ ।
यसै माता तिर्थ औसी को उपलक्षमा हाम्रा सम्पूर्ण नेपाली आमा हरुमा हार्दिक श्रदा भाब ब्यक्त गर्दछौ। साथै बर्समा एक दिन मात्र आमा लाई सम्जिनुको सट्टा आफ्नी आमाको सेवा तथा नेपाल आमाको सेवामा लग्न सबैलाई सत्बुध्ही मिलोस शुभकामना 
जुनसुकै जात ,धर्म , समुदायका र भूगोलका मान्छेहरु जो  पनि आफ्नी आमाको श्रद्धा नगर्ने सायदै  छैनन् । आम नेपालीले आमालाई श्रद्धा गर्ने गरेकै कारण हुन सक्छ,विभिन्न गित संगीत तथा  चलचित्र समेत  बनिसकेका छन् ।
आमालाई सम्झाउने केही भिडियो





ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.