नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैं

नेपालसहित सात दक्षिण एसियाली राष्ट्रका लागि भू–उपग्रह प्रक्षेपण गरिदैंछ । दक्षिण एसियाली मुलुक पाकिस्तान बाहेक सात राष्ट्रका लागि यो भू–उपग्रह प्रक्षेपण गर्न लागिएको हो ।

भारतले अन्तरिक्ष कुटनीतिका रुपमा यो महत्वाकांक्षी परियोजना अघि बढाएको हो । ५ मेका दिन यो भू–उपग्रह प्रक्षेपण गरिने जनाइएको छ । भारतले पहिलोपटक दक्षिण एसियाली मुलुकका लागि भू–उपग्रह प्रक्षेपण गर्न लागेको हो ।
सुरुमा यसलाई ‘सार्क सेटेलाइट’ नाम दिने तयारी थियो तर पाकिस्तानले आफू यसको हिस्सा नबन्ने बताएपछि यसलाई ‘दक्षिण एसिया सेटेलाइट’ भनिएको हो । पाकिस्तानले आफूलाई भारतको कुनै प्रकारको उपहार नचाहिने भन्दै यसमा सामेल हुन अस्वीकार गरेको हो ।
यो भू–उपग्रहका माध्यमबाट सार्कका सात मुलुकबीच टेलिकम्यूनिकेसन र प्रशारणसम्बन्धी सेवाहरु सहज हुने बताइएको छ ।

Post a Comment

Thanks.

[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.