Latest Post

मंसिर १९, इटहरी,
हिजो साँझ रियल मड्रिड र बार्सिलोनाको घम्साघम्सी खेल १–१ को बराबरीमा सकिए पनि सामाजिक सञ्जालमा फ्यानबीच चर्चाचर्की चलेको छ । खेललाई नजिकबाट नियालिरहेका एक फ्यानले ‘नमस्ते टिभी शो’की प्रस्तोता साहाना बज्रचार्यलाई आइतबार बिहानसामाजिक सञ्जालमार्फत् एसिड छर्नेसम्मको धम्की दिएका छन् ।  क्रिस्टियानो रोनाल्डोलाई सम्मान नगरेको भन्दै आक्रोसित दाहाल बिवेक नामको फेसबुक आइडी प्रयोगकर्ताले एसिड छर्ने धम्की दिएका हुन् । 
 साहानाको फेसबुक स्ट्याटसमा रिप्लाइमा उनले ‘तँलाई पनि एसिड हान्दिउ?’ सन्देश लेखिएको इमेज पोष्ट गरेका हुन् । प्रस्तोता बज्रचार्यले फेसबुकमा रियल मड्रिडका खेलाडी क्रिस्टियानो रोनाल्डोलाई सम्मान नगरेको भन्दै आक्रोसित दाहाल बिवेक नामको फेसबुक आइडी प्रयोगकर्ताले एसिड छर्ने धम्की दिएका हुन् । साहानाको फेसबुक स्ट्याटसमा रिप्लाइमा उनले ‘तँलाई पनि एसिड हान्दिउ?’ सन्देश लेखिएको इमेज पोष्ट गरेका हुन् । ‘नमस्ते टिभी शो’की प्रस्तोता बज्रचार्यले फेसबुकबाट आएको एसिड छर्ने धम्कीलाई स्क्रिन सर्ट लिएर ट्विटरमा पोष्ट गरेकी छिन् । 
‘हामीले एक अर्काको विचारलाई सम्मान गर्न सक्नुपर्छ,’ उनले लेखेकी छिन्, ‘मेरो देशका मान्छेहरु मप्रति कन्फ्युज छन् ।’ ‘प्रस्तोता साहानाले क्रिस्टियानो रोनाल्डोलाई अनादर गरेर स्ट्याटस लेखेको हुँदा चित्त दुखेर यस्तो लेखेको हुँ । उसले चाहिँ अरुलाई सम्मान गर्नुपर्दैन ?’, उनले आफ्नो फेसबुक स्ट्याटसमा भनेका छन् । एसिड हान्ने धम्कीबारे सामाजिक सञ्जालमा बहस हुन थालेपछि दाहाल बिवेक अकाउन्ट फेसबुकबाट हटेको छ । मिस नेपाल २०१० की फस्ट रनर अप उनी समयमा समयमा विवादमा पर्ने गरेकी छिन् । ‘गुडबाई काठमाडौं’ र ‘कलिउड’ फिल्ममा अभिनय गरेकी उनी सामाजिक सञ्जालमा सक्रिय छिन् । 

                                                                                                                    समाचार : नागरिक न्युज 




via IFTTT

मंसिर १९, इटहरी,
फेसनको बिषयमा नेपाली नायिकाहरु पनि अहिले प्रतिस्पर्धी हुन थालेका छन् । नायिकाहरुको पहिरनले मिडियामा चर्चा पाउन थालेपछि उनीहरु सजग र प्रतिस्पर्धी हुनु स्वभाविक नै हो । कुनै सार्वजनिक कार्यक्रममा अरु भन्दा कसरि राम्री र आकर्षक बन्ने भन्ने बिषयमा उनीहरु सचेत देखिन थालेका छन् ।
बोल्ड एन्ड ब्यूटी बन्ने कुरामा देखिएको यो सजगतालाई प्रशंसा गर्नैपर्छ । नायिका पूजा शर्मा पनि अहिले पहिरन र फेसनमा अगाडि देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पूजाको पहिरनले चर्चा मात्र पाउँदैन, क्यामेरा फोकस पनि बढी पाउन थालेको छ ।
शनिबार एक अवार्ड समारोहमा पुगेकी शर्माको वन पिस पहिरनले उनको सुन्दरतामा नयाँ रंग भरेको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोको समेत प्रवाहा नगरि पूजा खुलेको पहिरनमा अवार्डमा पुगिन् । ‘प्रेमगीत’का कारण चर्चामा आएकी यी नायिका चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा छिन् । 
                                                                                                                        समाचार : अनलाईन खबर                                                                                                                                     तस्बिरः कमल प्रसाई 



via IFTTT

मंसिर १७, (सुवास संकल्प-इटहरी,
नेपालि संगीत दुनियाको एक हस्ती हुन् समीर बिक l मोनालिशा एल्बम निकालेर औपचारिक रुपमै संगीत दुनियामा झुल्किएका गाएक हुन् उनि l 
आफ्नो पहिलो एल्बम मोनालिशाको एक गीत "प्रिय तिम्ले माया मार्यौ नि" नेपालि संगीत पारखीहरुमा निकै नै चर्चित गीत हो l यहि गीतले गर्दा पनि समीरको संगीत यात्रा अगाडि बढाउन अझै सहज भएको थियो l उक्त गीतले ईमेज अवार्ड नै हात पारे पछि त उनलाई झनै हौसाला मिलेको छ l 
पछिल्लो समय स्टेज कार्यक्रमहरुमा निकै नै ब्यस्त रहदै आएका उनि आफ्नै ठाउ पुर्व बाटै सांगीतिक यात्रालाई अघि बढाई रहेका छन् l विभिन्न समूह संग स्टेज कार्यक्रम पुग्ने क्रममा उनि भर्खरै मात्र डि थ्री टीम संग उनि "राजविराज महोत्सब" मा पुगेका थिए l निकै नै भब्य र सभ्य तबरले संचालन गरिएको महोत्सब मा पनि उनले दर्शक को निकै नै साथ पाएका थिए l स्टेज बाट आफ्ना गीतहरु गुनगुनाउदै दर्शक सग प्रत्यक्ष रमाउन पाउदा आफु निकै खुशी रहेको उनि बताउछन l



via IFTTT

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.