कार्तिक २५, बिराटनगर,
आज साझ बिराटनगर ट्राफिक चोकको एक घरमा ज्वाईले सासुलाई मार्न खोजे पछि तनाब उत्पन्न भएको छ l
उक्त महिला लाई सर्बसाधरण र प्रहरी द्धारा उद्धार गरिएको छ भने बिस्तृत बिबरण आउन बाकी रहेको बिराटनगर बाट टि भी पत्रकार निखिल राउतले जानकारी दिनु भएको छ l
केही दिन देखि देश बिदेश र सामाजिक संजालमा एउटा गजबको ब्यग्या अथवा चर्चा भाइरल बनेको छ “तरकारीवाली” हि हि …सुन्दा हास्यास्पद लाग्यो । किन कि म मुग्लानमा रगत पसिना संग दैनिक तातो गर्मीमा श्रमबेचेर केही हदसम्म रेमिटेन्सले देश धानेको छु। हो त्यही तातो रगत भएरै होला मनको कुरा लेख्ने जमर्को गरे । म पनि एउटा मिडियाकर्मी अथवा सञ्चारकर्मी हु ..अहिले युगनै सञ्चार को रहेको मान्नु पर्छ । तरकारीवाली जस्तै भाइरल र सरकारको नजरमा कहिले पर्ने हुन त खाडीमा सडेका लासहरु? , कहिले सम्म बिदेशको कुना कुनाको अस्पतालको मुर्दाघरमा सडेर गुम्नाम रुपले बस्नु पर्ने हो ? आखिर कहिले सम्म पर्ने हुन त च्याउ सरीका मिडियाको नजरमा खाडिका लास तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम”।
केही दिन अघि भाइरल बनेको गोर्खाकि तरकारीवाली युवती कुसुम श्रेष्ठको तस्बिरले भारतीय रास्ट्रपतिको नेपाल भ्रमणनै गुम्नाम पारी दिएको थियो । च्याउ सरीका नेपाल तथा बिदेशी छापावाला र बिद्युतीय अनलाइन पत्रपत्रिकाले खुबै चर्चाको साथ प्रकाशित गरे। एउटा यस्तो नेपालको कुना कुनामा यो भन्दा निकै दयानिय र कारुनिक रुपले आफ्नो जीवन धान्नकै लागि कलिला किशोर ,किशोरी किन मिडियाको नजरमा पदैनन। खासमा कुरा के हो ? तरकारीवालीको जवानी हो,कि अन्य कुनै कारण हो तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम” । “कपालको रौ कालो छदै एउटा झोलामा आफ्नो अनेक सपनालाइ प्याक गरेर आकाशको बाटो हुँदै यो बिरानो मुलुकको भुमिमा ल्यान्ड गरेको प्रदेसीहरु कहिले पर्ने हुन त तिमिहरुको नजरमा , यी चर्को घाम अनि उजाड भुमिमा आफ्नो निधार बाट तप्प… तप्प… चुहिएको पसिनालाई आफ्नो पाखुरिले पुस्दा पुस्दै कालो कपला कति खेर सेतो हुन्छ उसलाई पनि पत्तै हुदैन ।
अझ दिन भरीको चर्को घाममा काम गरेर राति सुतेको मानिस बिहान जिउँदै उठ्छ कि ? या सदाको लागि सुत्छ त्यस्को पत्तो नहुदो रहेछ यो प्रदेशमा “। अनि यहि मुग्लानमा ढ्लेको शरीर बर्सौ बर्ष सडेर बस्नै पर्ने हो र ? तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम” त्यस्तै नेपालका प्रत्येक गाउँहरुमा जाने हो र मिडियाको नजर पुग्ने जो हो भने कुसुम जस्ता हजारौं युवती तरकारी मात्रै होइन ,भारी बोकि रहेको पाउने छाै । त्यति टाढा नजाउ मिडियाकर्मी हरु तिमिहरुको नजरले भ्याउदैन । नेपाल एउटा कृषि प्रधान देश हो हेका -रहोस् ! प्राय नेपालीहरु कृषिमा नै छन कोहि बिदेशमा रगत पसिना बेचिरहेछन । तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम” ।
अन्त्यमा मलेसिया र खाडीका सयौं लास कहिले मिडिया र सरकारको नजर पर्ने हुन त ? जान्न मन लाग्यो जवाफ दिने कुनै निकाए छ कि ? तरकारीवालीको कुरा त छदै छ, त्यस्तै सैलिका चायवला,कपडावला भैसिवाली त कोहि दारुवाला भए जस्तै हामी खाडिवाला लाई कहिले भाइरल बनाउने हो। दु:ख गर्दा गर्दै बिदेशमा रहेको लास बारे कुनै खबर नबोल्ने पत्रकार र मिडिया अनि विशेषत सरोकारवालाको नाङ्गो खोल ओडेर दुलो भित्र बसेका निकाएलाइ कहिले भाइरल बनाउने हो जवाफ छ , छ भने लामो समय देखि आफ्नो आफ्नतको लास कुरेर बसेका परिवारलाई जवाफ देउ युग तिमिहरुकै छ जता जता जे गरे पनि होइन र ? तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम” अझै मलेसियाको अस्पतालमा महिनौ देखि लास नेपाल लैजान किन सकिएन त यसलाइ भाइरल बनाउ दुई हात जोड्ने छु म प्रदिप पंगेनी ? होइन भने ब्यग्यतरीकाको तरकारीवाली देख्ने,खाडीमा सडेका लास नदेख्ने मिडिया र मिडियाकर्मीलाई “माझी औंलाको सलाम” मात्रै ल ।
समाचार साभार : पलपलको डटकम - प्रदिप पंगेनी / मलेसिया
बिदेशमा बसेर पनि नेपाली गीत संगीतलाई निरन्तरता दिइरहेका गीतकार संगीतकार उत्तम भण्डारीले उनको नयाँ एल्बम उमंगको एउटा भिडियो सार्वजनिक गरेका छन । यसपाली मैले बोलको कमेडी शैलिको यस गीतमा भण्डारीले केही समयका चर्चित गायक प्रकाश ओझालाई पुनरागमन गराएका छन ।
किन रुन्छ मन बोलको चर्चित कारुणिक भाबको गीत गर्न सफल भण्डारीले यसपाली भने कमेडी धारलाई समातेको देखिन्छ । हरेक किसिमका गीतहरु लेख्न र संगीत भर्न माहिर बहुप्रतिभाशाली उत्तम भण्डारीको यो गीत पनि सफल हुने र श्रोता दर्शकले मन पराउने कुरामा उनी आशाबादी रहेका छन ।
रेश्मा तिमील्सिना, सन्त कुमार राई, सविन लिम्बुको अभिनय, कुन्साङ राइको स्रिंगार, पासाङ शेर्पाको छायांकन, राज कुमारको सम्पादन अनि अनिता श्रेष्ठको निर्देशन रहेको प्रस्तुत गीतको भिडियो राम्रो बनेको भण्डारी बताउछँन । एल्बमको अरु गीतहरुको पनि काम भइरहेको र छिट्टै एक समारोह बिच एल्बम सार्वजनिक गरिने उनी जानकारी दिन्छन ।