Latest Post

पुष १।  युरोपेली फुटबल महासंघ यूईएफएले च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेज घोषणा गरेको छ ।
तर, यो टीममा बार्सिलोनाका तीन स्टार लिओनल मेस्सी, नेयमार र लुइस स्वरेज पर्न सकेनन् । साथै बार्सिलोनाका कुनै खेलाडी पनि च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजमा परेका छैनन् ।
च्याम्पियन्स लिगको समूह चरणको खेलमा भएको प्रदर्शनका आधारमा टीम घोषणा गरिएको हो ।
च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजको फवार्डमा रियल मड्रिडका क्रिष्टियानो रोनाल्डो, बार्यन म्युनिखका थोमर मुलर र जेनिटका हल्क परेका छन् । मिडफिल्डरमा म्यानचेष्टर सिटीका राहम स्टर्लिङ, चेल्सीका विलियन्स र जेन्टका स्भेन कम्स छन् भने डिफेण्डरमा बार्यन म्युनिखका अलाबा, एथ्लेटिको मडि्रडका गोडिन, पेरिस सेन्ट जर्मेनका सिल्भा र युभेन्टसका आड्रिया बाइजाली छन् ।
च्याम्पियन्स लिग टीम अफ ग्रुप स्टेजको गोलकिपरमा पेरिस सेन्ट जर्मेनका केभिन ट्राप परेका छन् ।

पुस १ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले ललितपुरको भैंसेपाटीस्थित टेलिभिजन प्रशारक संस्था डिस होमको अर्थ स्टेसनमा पेट्रोल छर्किएर आगजनी गरेका छन् ।
पाँच जनाको समूहमा आएका माओवादीका कार्यकर्ताले बुधबार बिहान अर्थ स्टेसनमा पेट्रोल छर्किएर आगजनी गरेका हुन् ।
justify;">आगजनीबाट डिस होमको अर्थ स्टेसनमा क्षति पुगेको छ भने प्रसारण अबरुद्ध भएको छ । मास्क लगाएर मोटरसाइकलमा आएका माओवादी कार्यकर्ताले स्टेसनको सुरक्षार्थ खटिएकाहरुलाई लछारपछार गर्दै भित्र छिरेर जर्किनमा ल्याएको पेट्रोल छर्किएर अर्थ स्टेसनमा आगजनी गरेका थिए ।
आगजनीबाट दुई करोड रुपैयाँ बराबरको क्षति भएको र पाँच लाख ग्राहक प्रभावित भएको डिस होमले जनाएको छ ।
भारतीय टेलिभिजन च्यानलको प्रसारण रोक्न पटकपटक गरिएको आग्रह बेवास्ता गरेकाले चेतावनी स्वरुप आक्रमण गरिएको नेकपा माओवादीले जनाएको छ ।
भारतले लगाएको अघोषित नाकाबन्दीसँगै चन्द नेतृत्वको नेकपा माओवादीले हिन्दी च्यानल प्रसारण बन्द गर्दै दबाब दिँदै आएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मंसिर २६ । अष्ट्रेलियाले वेष्टइन्डिजबिरुद्धको ३ खेलको टेष्ट क्रिकेट शृङ्खलाको पहिलो टेष्टमा सानदार जित हासिल गरेको छ ।
पहिलो टेष्टको दोस्रो दिन शनिबार घरेलु टोली अष्ट्रेलियाले वेष्टइन्डिजलाई एक इनिङ र २ सय १२ रनले परााजित गरेको हो ।
खेलमा टस जितेर पहिले ब्याटिङ गरेकोअष्ट्रेलियाले आफ्नो पहिलो इनिङमा ४ विकेट गुमाउँदै ५ सय ८३ रन जोड्दै इनिङ समाप्तिको घोषणा गरेको थियो ।
जवाफमा पाहुना टोली वेष्ट इन्डिजले आफ्नो पहिलो इनिङमा २ सय २३ रन मात्र बनाउन सकेपछि फलो अनमा परेको थियो ।
वेष्टइन्डिज दोस्रो इनिङमा पति १ सय ४८ रनमै समेटिएपछि अष्ट्रेलियाले विशाल जित दर्ता गरेको हो । जितसँगै अष्ट्रेलियाले ३ खेलको टेष्ट शृङ्खलामा १–० को अग्रता लिएको छ ।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.