Latest Post

काठमाडौं । रोजगारीको खोजी हुनुहुन्छ, त्यसो हो भने आफ्नो लागि आवश्यक जागरिक अब सरकारी वेबसाइटमै गएर पनि खोज्न सकिने भएको छ । सरकारले युवालाई रोजगारसम्बन्धी सूचना दिन http://ift.tt/2veVgPI वेबसाइट सञ्चालनमा ल्याएको छ ।

अहिले विभिन्न निजी क्षेत्रका कम्पनीले रोजगारीको सूचना दिन साइटहरु चलाइरहेका छन् । अब भने सरकारी तवरबाटै यस्तो सुरु प्रयास भएको छ ।यसमा विभिन्न पदहरुमा माग भएका भ्याकेन्सी नोटिस राखिएको छ । आफ्नो योग्यता पुग्ने पदमा कहाँ जागरि खुलेको छ भन्ने थाहा पाउन यो साइट उपयोगी हुनेछ । उपयुक्त पदमा आवेदन गर्न यसले सूचना र सहायता प्रदान गर्छ ।

रोजगार सूचना केन्द्रले बेरोजगार दार्त फारम वितरण तथा बेरोजगारहरुको लगत संकलन गर्ने, विद्युतीय मध्यमबाट तथ्यांक प्रविष्टि गर्ने, तथ्यांक प्रशोधन तथा विश्लेषण गर्ने, तथ्यांक अद्यावधिक गर्ने, रोजगारदाताहरुसंग छलफल गर्ने, रोजगारीका अवसरहरुको पहिचान गर्ने, श्रम बजार सूचना व्यवस्थापन गर्ने , श्रम बजारमा रहेको अबसरको प्रचार प्रसार गर्ने र रोजगार मेला आयोजना गर्ने तथा रोजगारी सम्बन्धी परामर्श सेवा प्रदान गर्ने काम गर्छ ।

विभिन्न दातृ निकायको सहयोगमा सरकारले यो वेबसाइट सुरु गरेको हो । बेरोजगारहरुको लगत संकलन गरि श्रम बजारमा बेरोजगारीको स्थिति पहिचान गर्न, रोजगारीको क्षेत्र तथा अवसरहरु खोजी गर्न, बजार सम्बन्धी सूचनाहरु विद्युतीय मध्यमबाट समेत प्रबाह गरी श्रम बजार सूचनामा सरोकारवालाको पहुँच सरल र सहज तुल्याउन यो प्रभावकारी हुने विश्वास गरिएको छ । source:News24 Nepal

The post रोजगारीको सूचना दिने सरकारी वेबसाइट संचालनमा appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

अमेरिकी परमाणु वैज्ञानिक सिफ्रिड ह्याकर यस्ता अन्य व्यक्ति थिए जसलाई उत्तर कोरियाले आफ्नो परमाणु संयन्त्र हेर्नका लागि बोलाएको थियो ।

ह्याकरलेले बीबीसीलाई आफूले सन् २०१० मा उत्तर कोरियाको परमाणु कार्यक्रम बारे जानकारी दिएका छन् ।
यस अघि विश्वका कोसैले पनि उत्तर कोरियाको परमाणु कार्यक्रम यति नजिकबाट देखेका थिएनन् ।

उनको उत्तररको यात्रापछि त्यहाँको परमाणु कार्यक्रमबारे बाहिरी विश्वलाई व्यापक जानकारी प्राप्त भएको थियो ।
ह्याकर भन्छन्, सबैभन्दा पहिला म यसअर्थ चकित भएकी म जुन भवनमा गए जसमा म पहिला गएको थिए त्यो पूर्ण रुपमा परिवर्तन भएछ । ’

उनले बताए,‘हामी दोस्रो तलामा गयौं र हामी निरीक्षण गर्न मिल्ने झ्यालबाट ठूलो हलमा देख्यौं जहाँ २ हजार धातुको सिलिन्डर थिए जसलाई एकदोस्रोसँग जोडिएको थियो ।

ह्याकर याद गर्छन्,‘त्यतिखेर म हैरान भए, मेरो मुख खुलेको खुल्यै भयो किनकी मैले यति ठूलो क्षमताको प्रतिष्ठान देखेको थिइन् । ’

ह्याकरले परमाणु प्रतिष्ठानको नियन्त्रण कक्ष पनि देखे जसमा पुरानो जमानको चार्ट तथा डायको सट्टा नयाँ तरिकाको उपकरण थियो ।

यसबाट उत्तरले आफू प्लूटोनियम बम मात्र नभएर अत्याधिक समृद्ध यूरेनियम बम पनि बनाउन सक्छौं भनेर देखाउँदै थियो ।

यूरेनियम बमलाई निकै सजिलै र तीब्र रुपमा बनाउन सकिन्छ । सिफ्रिड ह्याकरलाई थाहा थियो कि पुरा कहानी उनले अझै देखेका छैनन् ।

ह्याकर भन्छन्, ‘म यो नतिजामा पुगें कि यो क्षमता यस्तै दोस्रो परमाणु प्रतिष्ठान बिना हाँसिल गर्न सकिन्न ।’

सिफ्रिडको सन् २०१० को यो यात्राले उत्तर कोरियाको परमाणु कार्यक्रम बारे बाहिरी दुनियाँलाई निकै महत्वपूर्ण जानकारी दिए ।

ह्याकर भन्छन्, ‘मभन्दा पहिले कोही बाहिरी व्यक्ति उत्तर कोरियाको परमाणु प्रतिष्ठानमा गएका थिएनन् । यस्तोमा जुन पनि अनुमान उत्तर कोरियाको युरेनियम सम्बर्धनको क्षमता, हतियार बनाउने क्षमताबारे लगाइयो ती सबैलाई आधा घण्टाको यात्राले स्पष्ट पारिदियो ।’

उत्तर कोरियाले केही महिनामा परमाणु र मिसाइल परिक्षण गरेको छ ।

यी परिक्षणपछि एक पटक पुनः कोरियाली प्रायद्वीपमा तनावको स्थिती पैदा भएको विज्ञ बताउँछन् । थुप्रै विश्लेषकले यसलाई निकै खतरनाक स्थिती मानिरहेका छन् । lokaantar

The post उत्तरको परमाणु देखेका एक मात्र अमेरिकि भन्छन् : यति ठूलो परमाणु प्रतिष्ठान देखेको थिइन appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

भक्तपुर, १७ भदौ । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ जाँदै गरेको बस अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बा२ख ९५८० नंको बस सूर्यविनायक नगरपालिका जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् । रासस

The post काठमाडौँतर्फ जाँदै गरेको बस दुर्घटना appeared first on Taja nepali news.

http://ift.tt/eA8V8J

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.