Latest Post

श्रीदेवीको जेठी छोरी जाह्न्वी कपूर बलिउडमा डेब्यु गर्ने तयारीमा छिन तर उनकी कान्छि छोरी आफ्नो लागि केहि अलग सोचेकी छिन् । भारतीय मिडियाका अनुसार खुसी कपूरले डान्स रियालिटी शो ‘डान्स प्लस’ को सिजन ३ को लागि अडिसन दिएकी छिन् । यो शोलाई चर्चित कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजाले जज गर्नेछन् ।

एक लिडिङ वेबसाईटका अनुसार अडिसनको दौरान खुसीले आफ्नो परिचय खुलाएकी थिईनन् । जब उनी टप ३५ मा पुगिन् र रेमोको अगाडी प्रस्तुती दिईन् तबमात्र उनी श्रीदेवीको छोरी हुन् भन्ने खुलासा भएको थियो । अडिसन आफ्नो क्षमताको कारणले जित्न चाहना भएकोले आफुले खास कुरा बाहिर नल्याएको समेत बताएकी छिन् ।

http://ift.tt/eA8V8J

भरतपुर : नारायणगढ-मुग्लिन सडकखण्डको कालिखोलामा शुक्रबार बिहानै पहिरो गएको छ । बिहान साढे आठ बजे गएको पहिरो हटाएर सकिनै लाग्दा उक्त स्थानमा दिउँसो १ बजे पुनः पहिरो खस्यो । दिनभरि पहिरो हटाउने काम गरिए पनि पहिरो हटाउन सकिएन । पाँच घन्टा लगाएर पहिरो हटाउने काम सकिनै लाग्दा फेरि त्यसैमा पहिरो थपिएको हो । ‘पहिलाको पहिरो हटाएर सकिनै लागेको थियो, त्यसैमा फेरि पहिरो गयो’, चितवनका एसपी दीपक थापाले भन्नुभयो, ‘पानी परिरहेकाले थपिरहन्छ, छिनछिनमा पहिरो जाने हुनाले यात्रा जोखिमयुक्त बनेको छ ।’ रातिसम्म पनि पहिरो हटाउने काम गरिएको थियो । राति काम गर्न मजदुर असुरक्षित महसुस गर्छन् ।

पहिरोले ५० मिटर सडक ढाकेको छ । करिब आठ हजार घनमिटर पहिरो खसेको छ । एउटा ब्रेकरले ढुंगा फोर्ने र लोडरले त्रिशूलीतर्फ पहिरो फाल्ने काम गरिएको थियो । १२ घन्टासम्म पनि पहिरो हटाउन सकिएको थिएन । पहिरोको कारण स्थानीय एकबहादुर मगरको ज्यान गएको छ । ६१ वर्षीय मगर पहिरो पन्छाएको हेर्न जाँदा पहिरोले पुरिएका हुन् । पहिरो हटाएर खोज्ने क्रममा उनको शव भीरमा भेटिएको थियो ।

निकै ठूलो पहिरो खसेपछि यातायात सञ्चालन अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि यात्रु अलपत्र परेका छन् । इच्छाकामना ६ मा बिहानै पहिरो गएको हो । ठूलो पहिरो गएपछि जाममा परेका सवारीसाधन प्रहरीले फर्काएको थियो । पश्चिम जाने सवारी साधनलाई पोखराको बाटो हुँदै पठाइएको थियो । राजधानी जाने सवारीसाधन हेटौडको बाटो हुँदै पठाइएको थियो ।

पहिरो हटाउनका लागि चारवटा मेसिन प्रयोग गरिएको छ । पहाडबाट ढुंगा खस्दा पहिरो हटाउन निकै जोखिम छ । पहिरोग्रस्त क्षेत्र मानिने यहाँ ठूलो पहिरो गएका कारण हटाउन निकै समय लागेको हो । मुग्लिनदेखि ९ किलोसम्मको क्षेत्रमा अधिकांश स्थानमा पहिरो खस्ने गरेको प्रहरीले जनाएको छ । कालिखोला, तोपेखोला, चार किलो, नौ किलो, साढे दुई किलोमा पहिरो खसिरहने गर्छ । त्यसै घुमाउनेमा पहिरोको जोखिम छ । सामान्य पानी पर्दा पनि पहिरो जाने गरेको छ । नारायणगढ-मुग्लिन सडक आयोजनाले भौगोलिक अध्ययनसमेत गरेको थियो । त्यसक्रममा २९ स्थानलाई पहिरो आउन सक्ने भनी जोखिम क्षेत्र मानेको थियो । आयोजनका इन्जिनियर शिव खनालले भूकम्प र सडक निर्माण क्रममा चट्टान कटान गर्दा पहिरोको जोखिम बढेको बताउनुभयो ।

वर्षासँगै पहिरो जाने क्रम बढेको छ । पहिरोका कारण घन्टौं सवारी जाम हुनाका साथै यात्रा पनि जोखिमपूर्ण रहेको छ । मुग्लिन प्रहरीको टोली पहिरो हटाउनेमा केन्द्रित हुने गरेको छ । असार १२ गते कालिखोला यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मिटर मुग्लिनतर्फ पहिरो खसेको थियो । चार प्रहरीसहितको भ्यान र ट्रक बगाएको थियो ।annapurnapost

http://ift.tt/eA8V8J

काठमाण्डौ । केही दिनदेखि बेपत्ता दाङको व्यापारी राजकुमार श्रेष्ठको शुक्रबार शव फेला परेको छ । श्रेष्ठलाई निकै लामो समयको योजनापछि नाटकीय ढंगले जालमा फसाएर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले शुक्रबार घटनामा संलग्न भई पक्राउ परेका केहीलाई सार्वजनिक गर्दै अपहरण र हत्यामा बाबुुछोरी लगायतको समूह नै संलग्न रहेको र अपहरणको मुख्य उद्देश्य मोटो रकम फिरौतिको रुपमा असूल गर्नु रहेको देखिएको प्रष्टाएको हो ।

अपहरणका मुख्य योजनाकार तुल्सीपुर ६ का ४० वर्षीय निर्मल भनिने टिकाराम घर्तिले आफ्नी १७ वर्षीया छोरी पूजा र अन्य एक किशोरीलाई प्रयोग गरी व्यापारी श्रेष्ठलाई जालमा पारेको र समूह नै मिलेर अपहरण गरी हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । एक प्रहरी अधिकृतकाअनुसार पूजाले श्रेष्ठसँग सुरुवातमा हिमचिम बढाएकी थिइन् । जेठ २६ गते श्रेष्ठलाई सल्यान घुम्न भन्दै बोलाएको र अर्की एक केटीसाथीसहित श्रेष्ठकै कारमा चढेर करिब एकघण्टाको बाटो पार गरेपछि योजना अनुसार बाटोमा तैनाथ अन्यको सहयोगमा उनको अपहरण भएको देखिएको छ ।

अपहरणकारीहरुले श्रेष्ठको मुक्तिका लागि ३ करोड फिरौति मागेका थिए । श्रेष्ठ परिवार ३ करोड दिन सहमत भइसकेको थियो । तर, घनाजंगलमा श्रेष्ठ बिरामी परी अचेत भएपछि सबै फसिने डरले अपहरणकारीहरुले हत्या गरेको बयान दिएका छन् । व्यापारी श्रेष्ठ ब्लड प्रेसर र सुुगरका बिरामी थिए । अपहरणको तीन दिनसम्म औषधि नखाएका उनी जंगलको लामो हिडाईपछि बेहोस भएका र अपहरणकारीहरुले नै ढुंगाले किचेर विभत्स ढंगले हत्या गरेका देखिएको छ ।

को–को थिए संलग्न ?

अपहरणमा परेका तुलसीपुरका ब्यापारी राजकुमार श्रेष्ठको हत्यामा सँलग्न केहीलाई प्रहरीले शनीबार तुलसीपुरमा पत्रकार सम्मेलन गरी सार्बजनिक गरेको हो । असार २६ गते अपहरण भएका श्रेष्ठको शबलाई प्रहरीले शनिबार बिहान मात्र फेला पारेको हो । हत्यामा सँलग्न भएका भनिएका तुलसीपुर १२ का कमल भन्ने अबिरल महतराको बयानको आधारमा व्यापारी श्रेष्ठको शब हत्या गरेको अबस्थामा सल्यानको क्षत्रेश्वरी गाँउपालिका वार्ड नम्बर ४ झिम्पेरेन्जको जँगलको ओडारमा फालेको अबस्थामा फेला पारेको थियो ।

पत्रकार सम्मेलनमा अञ्चल प्रहरी प्रमुख ज्ञानबिक्रम शाहले हत्यामा सँलग्न भनिएका महतराले आफूू समेत हत्या भएको स्थानमा रहेको बयान दिएका थिए । अनुसन्धानमा सँलग्न सिआईबीका एसपी दिनेश लोहनीले व्यापारी श्रेष्ठको अपहरणपछि जेठ २९ गते नै हत्या भइसकेको थियो । अनुसन्धानको क्रममा श्रेष्ठको हत्याको मुख्य कारण पैसा नै भएको देखिएको छ । पत्रकार सम्मेलनममा जानकारी गराउदै घटनाका मुख्य योजनाकारहरु सल्यान झिम्पे ४ का बर्ष ३५ का मानबहादुर भण्डारी, जिल्ला दाङ शान्तिनगर हाल तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ का बर्ष ४० को निर्मल भन्ने टिकाराम घर्ती, तुलसीपुर उपमहानगरपालिका वार्ड नम्बर ६ बस्ने बर्ष १७ की पुजा घर्तीमगर र जिल्ला दाङ घोराही उपमहानगरपालिका वार्ड नम्बर १४ नयाँ बजार बस्ने बर्ष ३८ की जमा पुन रहेको प्रहरीले बताएको छ । घटनामा ७ जना संलग्न भएका र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

साभार श्राेतः बिजशाला डटकम

http://ift.tt/eA8V8J

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.