Latest Post



यस वर्षको एसएलसी परीक्षा आगामी चैत १८ गतेबाट सुरु हुने भएको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।

तराईमा आन्दोलनका कारण पठनपाठन अवरुद्ध भएकाले परीक्षा केही दिन पर सारिएको बताइएको छ ।

परीक्षा नियन्त्रक खगेन्द्र नेपालले साधारण र प्राविधिक धार दुवैको सँगै परीक्षा सञ्चालन हुने जानकारी दिनुभयो ।

पहिलो दिनमा अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ ।



चैत १८ गते अंग्रेजी

चैत १९ गते नेपाली

चैत २१ गते गणित

चैत २२ गते विज्ञान

चैत २३ गते सामाजिक शिक्षा

चैत २४ गते स्वास्थ्य, जनसंख्या तथा वातावरण

चैत २५ गते ऐच्छिक प्रथम

चैत २६ गते ऐच्छिक द्वितीय

र चैत २७, २८ तथा २९ गते प्राविधिक विषयका परीक्षा परेको छ । 

पुष ३।  फेरि लोडसेडिङ बढ्ने भएको छ । अब उपभोक्ताले दिनमा १० घण्टासम्म लोडसेडिङ भोग्नुपर्नेछ ।
बिजुलीको उत्पादन कम भएको भन्दै नेपाल विद्युत प्राधिकरणले शनिबारदेखि दिनमा दुई घण्टासम्म लोडसेडिङ लम्ब्याउने तयारी गरेको हो ।
मागभन्दा उत्पादन निकै कम भएपछि लोडसेडिङ बढाउन लागिएको प्राधिकरणका प्रवन्ध निर्देशक मुकेशराज काफ्लेले बताए ।
नदीमा पानीको बहाव घटेर बिजुली उत्पादनमा ह्रास आएपछि अहिले सातामा ५६ घण्टा लोडसेडिङ भइरहेको छ ।
‘बिहान र बेलुकी खाना बनाउने समयमा बढी आपूर्ति गर्ने तरी तालिका बन्नेछ,’ प्राधिकरणका प्रवन्ध निर्देशक काफ्लेले भने, ‘आपूर्ति कम भएपछि लोडसेडिङ बढाउनु हाम्रो बाध्यता हो ।’
नदीहरुमा पानीको सतह घट्दै गएका कारण विद्युतको उत्पादन घट्दो क्रममा छ । सुख्खा मौसमका कारण बिजुली उत्पादन प्रभावित भएपछि घोषित रुपमा लोडसेडिङ बढाउन लागिएको प्राधिकरणले जनाएको छ ।
‘सकेसम्म उपभोक्तालाई खाना पकाउने समयमा कम बिजुली कटौती गर्ने प्रयास हुन्छ । तर, बिजुली पर्याप्त नभएकाले उपभोक्ताले पनि सचेत भएर कम खपत हुने गरी विद्युतीय सामग्री चलाउनुपर्छ,’ काफ्लेले भने ।

पुस २ । भारतमा हुने साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीे अभ्यास खेलमा बंगलादेशसँग पराजित भएकोे छ ।

बंगलादेशको ढाकामा विहीबार साँझ सम्पन्न खेलमा बंगलादेशको राष्ट्रिय फुटबल टोलीले नेपाललाई १–० गोलले पराजित गरेको हो ।

बंगलादेशका लागि खेलको १८औंमिनेटमा शाखावत रुनीले निर्णायक गोल गरे ।

पहिलो हाफमा नेपालले गोलका लागि पाएका केही राम्रा अवसर खेर फाल्दा बंगलादेशले पनी अग्रता दोब्बर बनाउने अवसरहरु खेर फाल्यो । दोस्रो हाफमा नेपाली टोलीले केही सुन्दर अवसरहरु सिर्जना त गर्‍यो तर त्यसलाई गोलमा परिणत भने गर्न सकेन ।

नेपाली टोलीका मुख्य प्रशिक्षक प्याट्रिक ओसेम्सले विहीबार सुरुआती ११ मा अधिकांश युवा खेलाडीलाई मौका दिएका थिए । नियमित गोलरक्षक किरण चेम्जोङको स्थानमा विकेश कुथुले सुरुआती ११ मा मौका पाएका थिए ।

नेपाली राष्ट्रिय टोलीबाट विहीबार मिडफिल्डरहरु हेमन गुरुङ, योगेश गुरुङ तथा विंगर नवीन लामाले ‘डेब्यु’ गरेका छन् । हेमन गुरुङ र नवीन लामाले सुरुआती ११ मा पर्दै राष्ट्रिय टोलीबाट डेब्यु गर्दा योगेशले ५७औं मिनेटमा विक्रम लामालाई स्थानान्तरण गर्दै राष्ट्रिय टोलीको जर्सी लगाएका हुन् ।

दोस्रो हाफको सुरुआतमै नेपाली प्रशिक्षक प्याट्रिक ओसेम्सले गोलरक्षक विकेश कुथुको स्थानमा किरण चेम्जोङ, अनिल गुरुङको स्थानमा नवयुग श्रेष्ठ, नवीन लामाको स्थानमा विमल घर्तीमगर तथा विशाल राईको स्थानमा रोहित चन्दलाइ मैदान छिराएका थिए । प्रशिक्षक ओसेम्सले विक्रम लामाको स्थानमा योगेश गुरुङलाई मौका दिँदा हेमन गुरुङको स्थानमा जगजित श्रेष्ठलाई मौका दिएका थिए ।

विहीबारको खेलमा पराजित भएसँगै नेपाली टोली पछिल्ला १० खेलमा गोलविहीन बनेको छ । पछिल्लोपटक २०७० साल भदौमा काठमाडौंमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलको समूह चरणमा भारतलाई २–१ ले हराएरको नेपालले त्यसपछिका १० खेलमा गोल गर्न सकेको छैन ।

यीमध्ये ८ खेल हारेको नेपालले भारतविरुद्धका पछिल्ला दुई खेल भने गोलरहित बराबरीमा सकाएको थियो ।

अनिल गुरुङको कप्तानीमा रहेको नेपाली टोलीमा यसपटक युवा खेलाडीहरुको बाहुल्यता छ । ‘म्याच फिक्सिङ’ प्रकरणमा नियमित कप्तान र उपकप्तानसहितका केही खेलाडी निलम्बनमा परेपछि नेपाली टोलीमा अधिकांश नयाँ खेलाडीहरु समेटिएको हो ।

भारतमा यही पुस ८ गतेदेखि हुन लागेको साफ च्याम्पियनसिपमा नेपाल आयोजक भारत र श्रीलंकासँगै समूह ‘ए’मा रहेको छ ।

बंगलादेशको अभ्यास सकाएर नेपाली टोली सोझै प्रतियोगिता खेल्न भारत जाने छ । 

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.