Latest Post

असोज १६। दक्षिण अफि्रकाले पहिलो टी-२० क्रिकेटमा भारतलाई ७ विकेटले पराजित गरेको छ ।
धर्मशालामा भएको खेलमा भारतले दिएको २०० रनको लक्ष्य दक्षिण अफ्रिकाले दुई बल बाँकी छँदा भट्टायो । उसका लागि हासिम अमला र एबी डिभिलियर्सले राम्रो सुरुवात दिलाए ।
आठौं ओभरमा अमला ३६ रनमा आउट भए । दशौं ओभरमा डिबिलियर्स ५१ रनमा पभेलियन फर्किए, जतिबेला दक्षिण अफि्रकाको ९३ रन बनाए । त्यही ओभरमा फाफ डुप्लेसिस मात्र ४ रनमा बोल्ड भए ।
तर, जेपी डुनिमीले दक्षिण अफ्रिकाको पारी सम्हाले । १३ ओभरको खेल सकिँदा दक्षिण अफ्रिकाले ११५ रन बनाएको थियो र रन रेट ८.४४ थियो । त्यसपछि डुमिनीले आक्रामक पारी खेल्दै खेल दक्षिण अफि्रकाको पक्षमा पारे ।
उनले सात छक्का र एक चौकाको मदत ६७ र बनाए । डुमिनीलाई साथ लिएका बेहरदीनले २३ बलमा ३२ रन बनाए ।
२० औं ओभरको तेस्रो बलमा डुमिनीले छक्का हान्दै स्कोर बराबरी गरे भने अर्को बलमा जित दिलाए ।
यसअघि भारतले टस हारेर पहिले ब्याटिङ गरेको थियो । उसले २० ओभरमा ५ विकेट गुमाएर १९९ रन बनायो ।
शारतका रोहित शर्माले टी-२० अन्तराष्ट्रियमा पहिलो शतक बनाए । उनले मात्र ६६ बलमा १२ चौका र पाँच छक्काको मदतमा १०६ रन बनाए ।
दोस्रो सविकेटका लागि रोहित शर्मा र विराट कोहलीले १३८ सनको साझेदारी गरे । कोहली ४३ रनमा आउट भए ।

आसोज १४।  च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर युनाइटेडले  लगातार दोस्रो जित हासिलगरेको छ।   बुधबार राति सम्पन्न समूह चरणको आफ्नो दोस्रो खेलमा युनाइटेडद्धारा वल्फबर्ग २–१ गोल अन्तरले पराजित भयो । 

आसोज १४।  हरेक बर्ष जस्तै यो साल पनि अक्टोबर १ देखि (आज बाट )DV चिट्ठा  आबेदन सुरु भएको छ।  इन्टरनेटको पहुच भए तपाइले  आफै आफ्नु कम्प्युटर बाट सित्तैमा D V चिट्ठा भर्न सक्नुहुन्छ। तपाइले निम्न लिंक मा गएर भर्न  सक्नु हुनेछ। अमेरिका जाने चिट्ठाको लागि अमेरिकी सरकारको आधिकारिक वेबसाइड   https://www.dvlottery.state.gov/  हो। आबेदन भर्दा सिंगल तथा परिवार सग सामुहिक २ किसिमले भर्न  सक्नु हुनेछ।  तपाइले  अर्को ध्यान दिनुपर्ने कुराचाही  आफ्नु फ़ोटो  को साइज कत्रो र कसरि खिच्ने त्यो जान्न जरुरि छ।  यो खाका साइज हेर्नु होस्।
यसरि फोटो खिज्दा कुनै गरगहना लगाउनु हुदैन। यसरि फोटो खिचिसकेपछि माथिको साइज अनुसार क्रोप गरेर अरु कुनै सम्पादन नगरी सेव गर्नुहोस र उप्लोड़  गर्नुहोस। यसरि आबेदन दिदा कुनै किसिमको सुल्क तपाइले  तिर्न पर्दैन।
 यसै चिट्ठा मार्फत अमेरिकाले बर्सेनि २ हजारको हाराहारीमा बिदेशी नागरिक भित्र्याउने गर्दछ। 

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.