Latest Post

स्लिम बन्ने तरिका सजिलो छ । हामीले खानामार्फत ग्रहण गर्नेभन्दा खेर फाल्ने क्यालोरीको मात्रा कम हुनुपर्छ । यसका लागि कम खाने र शारीरिक काम बढी गर्ने गर्नुपर्छ । तर, स्लिम बन्ने बहानामा धेरैले यस्ता गल्ती गर्नु हुँदैन ।
प्रोटिन बढी खाने
फ्याट, कार्बोहाइड्रेट र सुगरजन्य खानाले शरीर मोटाउने भएकाले स्लिम बन्न चाहनेले यस्ता खानाको मात्रा कम गरेर प्रोटिनजन्य खाना बढी खाने गर्छन् । तर, औसतभन्दा बढी प्रोटिन हाम्रो शरीरले ग्रहण ग¥यो भने यो शरीरभित्र फ्याट र सुगरमा परिवर्तन हुन्छ, जसले गर्दा स्लिम हुनुको सट्टा थप मोटाइने जोखिम बढ्छ ।
जुस खाने
ब्रेकफास्टले गर्दा शरीरको वजन अझ बढ्ने डरले डायटिङ गर्नेहरू बिहान एक ग्लास जुस पिएर खाली पेट बसेको भन्ठानी मनमनै रमाउने गर्छन् । तर, यसले उल्टो नतिजा दिन्छ । जुस पिउनाले रगतमा सुगरको मात्रा बढ्छ, जसले गर्दा शरीरमाअतिरिक्त इन्सुलिन उत्सर्जन हुन्छ । अतिरिक्त इन्सुलिनले भोक लगाइरहने गर्छ, जसको कारण स्लिम बन्नुको सट्टा अझ मोटाइन्छ ।
दुब्लाइएन भनेर खिन्न हुने
व्यवस्थित रूपमा डायटिङ गर्न थालेको सुरुको दुई साता वजन उल्लेख्य मात्रामा घट्छ । दुई सातापछि वजन घट्ने क्रम कम हुन्छ । वजन घट्ने क्रम भएपछि ‘डायटिङ गरेर पनि स्लिम भइँदैन रहेछ’ भनेर खिन्न हुने र फेरि पहिलेकै जस्तो खानपान र जीवनशैलीमा फर्किने धेरै हुन्छन् । सुरुको दुई साताजस्तै ह्वात्तै शरीरको वजन कम गर्न सम्भव छैन भन्ने कुरा नबुझ्ने गल्ती धेरैले गर्छन् ।
कम सुत्ने
बढी सुत्नाले वजन बढ्ने डरले डायटिङमा लागेका मानिस कम सुत्ने गर्छन् । तर, स्लिम शरीरका लागि पर्याप्त निद्रा आवश्यक पर्छ । अनिद्राले भोकको स्तर निर्धारण गरिदिने गर्छ । अर्थात्, कम सुत्नुभयो भने तपाईंलाई बढी भोक लाग्छ, जसले गर्दा वजन घट्नुको सट्टा उल्टो बढ्छ ।
व्यायाममा निरन्तरता नदिने
व्यस्तताले गर्दा नभ्याएको भन्दै दुब्लाउने अभियानमा लागेकाहरूले कहिलेकाहीँ नियमित व्यायामसमेत नगर्न गर्छन् । दुब्लाउने प्रक्रियाअन्तर्गत रहँदा व्यायाम र खानपानको सन्तुलन मिलाउन सकिएन भने शरीरको वजन उल्टो बढ्नसक्ने भएकाले व्यस्ततालाई बहाना बनाएर व्यायामलाई निरन्तरता नदिने गल्ती भरिसक्के गर्नु हुँदैन ।
एउटै खालको व्यायाम गर्ने
स्लिम बन्न चाहनेमध्ये अधिकांशले सधँै एकैखालको व्यायाम गर्ने गर्छन् । कुनै एउटा किसिमको व्यायाम गर्दा यसले शरीरका केही निश्चित भागमा स्टे«ेस पैदा गर्ने र त्यहाँका मांसपेशीलाई चलायमान बनाउने काम गर्छ । तर, सधँै त्यही व्यायाम दोहो¥याउँदा शरीरका अन्य भागमा कसरत पुग्दैन । जसले गर्दा सोचेजति स्लिम बन्न सकिँदैन ।
कसरत नबढाउने
शरीरको वजन घटाउन चाहने शहरियाहरूले घरभित्रै जडान गरिएका मेसिनहरूमा दगुर्नेलगायत गर्छन् । यसो गर्नु राम्रो हो, तर सधँै यसैमा अल्झिनु चाहिँ पर्याप्त होइन । कसरतलाई बिस्तारै बढाउँदै लग्न सकियो भने मात्रै वजन घटाउने क्रमलाई निरन्तरता दिन सकिन्छ ।
अल्छी गर्ने
कसरत गर्न अल्छी गर्नाले पनि चाहेजति स्लिम बन्न नसक्ने हुन्छ । ‘आज ज्यादै थाकेको छु, कसरत गर्दिनँ’ भन्ने खालका गल्ती धेरैले गर्छन् । यसो भन्नुको सट्टा ‘आज १० मिनेट मात्रै कसरत गर्छु’ भन्नुस् । कसरत गर्न थालेपछि यसको अवधि आफैँ बढ्छ । किनकि, कसरतले शरीरको थकान र आलस्य दुवै हटाउँछ ।
भोजनको बेला मन डुलाउने
भोजनको बेला रेडियो सुन्ने, टीभी हेर्ने, फोनमा कुराकानी गर्ने, कसैले पढ्दै गरेको सुन्ने जस्ता काम गर्ने गर्नुभएको छ भने आजैदेखि छोडिहाल्नुस् । किनकि, यस्ता कुरामा मन डुलाएर खान थालियो भने थाहै नपाई बढी खाइन्छ । अमेरिकन जर्नल अफ क्लिनिकल न्युट्रिसनमा प्रकाशित एउटा अनुसन्धान प्रतिवेदनमा यसरी खाना खाँदा मानिसले १५ प्रतिशत बढी खाने गरेको जनाइएको छ ।
फ्याटफ्री अथवा सुगरफ्री खाना
स्लिम बन्ने होडबाजीमा बजारमा पाइने फ्याटफ्री अथवा सुगरफ्री खाद्य परिकार खाएर मख्ख पर्ने गल्ती डायटिङ गर्नेहरूले गर्ने गरेका छन् । तर, कोर्नेल विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले यस्ता खानाले सामान्य अवस्थामा खाइने खाना खाँदाभन्दा बढी क्यालोरी ग्रहण गर्ने गरेको तथ्य पत्ता लगाएका थिए । यस्ता फ्याट अथवा सुगरफ्री खानाले भोक  अझ लगाउने गर्छ । जसले गर्दा खानाको मात्रा बढ्न गई क्यालोरी इन्टेक पनि बढ्छ र शरीर अझ मोटाउन जान्छ ।
खाना कम खाने
स्लिम बन्ने बहानामा खाना कम खाने बानी धेरैमा हुन्छ । तर, खाना कम खाँदा क्यालोरीमात्र होइन, शरीरलाई आवश्यक पर्ने अन्य पदार्थको इन्टेक पनि घट्छ । परिणामतः शरीर निरोगी र बलियो बन्न पाउँदैन । खाना कम खाँदा न्युट्रिसन्स र भिटामिन्सजस्ता शरीरलाई निरोगी र बलियो राख्ने तŒवको मात्रा पनि घट्न पुग्छ । यसले अनेक खालका रोग निम्त्याउन सक्छ । स्लिम बन्न खाना घटाउने गल्ती गर्नुको सट्टा पोषणयुक्त खाना सन्तुलित मात्रामा खाने गर्नुपर्छ ।

तनावरहित हुनुस्ः तनाव भुलाउन सेक्स गर्ने होइन, सेक्स गर्नुअघि तनाव विसर्जन गर्ने गर्नुस् । जागिर, व्यापार, घरायसीलगायत विभिन्न कुरा मनमा खेलाएर सेक्समा डुब्न सक्नुहुन्न । तनाव लिँदा शरीरमा कोर्टिसोलजस्ता हर्मोन उत्सर्जन हुन्छ, जसले यौन हर्मोनलाई निस्तेज गरिदिन्छ र यौनक्रीडा चाहेजस्तो हुँदैन । चिल्लो कम खानुस् ः चिल्लोचाप्लो खाने कुरा खाने गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । जर्नल अफ मेडिकल साइन्समा प्रकाशित एउटा अनुसन्धान रिपोर्टअनुसार शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्यो भने यसले यौनांग वरपर हुने रक्तसञ्चारलाई निस्तेज गरिदिन्छ । जसले गर्दा कामोत्तेजना जाग्दैन । कोलेस्ट्रोलले महिलालाई चरमोत्कर्षमा पुग्न दिँदैन । त्यसैले शरीरमा कोलेस्ट्रोलको मात्रा घटाएर यौन जीवन सुखमय बनाउन फलफूल र तरकारी बढी खाने गर्नुस् । यौनवद्र्धक खाना खानुस्ः एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् । व्यायाम गर्नुस्ः व्यायामले यौन जीवनलाई सुखद बनाउन मद्दत गर्छ । महिलाको यौन जीवन भव्य बनाउन व्यायामले अझै बढी मद्दत गर्छ । व्यायाम पार्टनरसँग गर्दा राम्रो हुन्छ । हरेक साता आधा घण्टासम्म पसिना निस्किनेगरी व्यायाम गर्नाले यौन चाहना र सन्तुष्टि बढ्ने एक अनुसन्धानले देखाएको छ । स्वास्थ्यबारे सचेत रहनुस्ः छाला तथा योनि सुक्खा हुने, कपाल झर्ने, आलस्य महसुस हुने, निद्रालगायत समस्या देखिँदा चिकित्सकलाई सम्पर्क गरिहाल्नुस् । किनकि, यो थाइराइडको लक्षण पनि हुन सक्छ । यो रोगले यौनेच्छामा कमी र गर्भक्षमतामा ह्रास ल्याउने गर्छ । रक्त परीक्षणले थाइराइड लागेको वा नलागेको थाहा पाई उपचार गर्न सकिन्छ । यौन चिकित्सकलाई भेट्नुस्ः अमेरिकाको स्ट्यानफोर्ड हस्पिटल एन्ड क्लिनिकको महिला यौन उपचार संकायका वरिष्ठ डाक्टर लिह मिलहेइजरका अनुसार माथि उल्लिखित जीवनशैली अपनाउँदा पनि यौन क्षमता बढेन भने चिकित्सकको परामर्श लिनुपर्छ । सेक्स हर्मोन उत्सर्जन बढाउने औषधि चिकित्सकको सल्लाहमा खाएर यौन जीवन सुखमय बनाउन सकिन्छ । 

साउन १६।  मोरंग जिल्ला अन्तर्गत कोशी हरैचा नगरपालिका ३ का बमबहादुर  दाहाल को घरमा  आज बिहान  दुई  वटा टाउको भएको बाच्छो को जन्म भएको छ।  सरिर एउटै  तर टाउको फरक फरक २ वटा भएको  बाच्छो  जन्मिए संगै दैबिरूप भन्दै हेर्न आउनेको घुइचो बढेको छ। जन्मदा स्वस्थ देखिएको बाच्छो  अन्तमा बिहान ८:३० बजे तिर मर्यो।

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.