बिरालोले मानिसमाथि शासन गर्छन् जहाँ

 १ सय २० वटा बिरालोको सेनाले त्यहाँ सासन चलाइरहेका छन् । नचलाउन् पनि किन उक्त टापुमा मानिसको संख्या जम्मा २० मात्र छ र त्यसको २० गुणा बढि संख्यामा बिरालोहरु छन् ।
दुनियाकै आश्चर्यजनक यो टापु जापानको आओशिमा टापु हो । रिटायर्ड जिवन कटाइरहेका २० जना वृद्धवृद्धाहरु यो टापुमा बसोबास गर्दै आएका छन्, जो परिवारमा एक्लो छन् ।
७० वर्ष पहिले सन् १९४५ मा यो टापुमा ९ सय जना मानिस बसाइ सरेर आएका थिए । उक्त टापुमा उतिबेला मुसाको प्रकोप उच्च थियो त्यसैले मानिसहरुले आफुसँगै बिरालोहरु समेत लिएर आएका थिए । उक्त टापुमा आउने मानिसहरुको मुख्य पेशा माछा मार्नु थियो ।
ती मानिसहरुले ७० वर्षअघि ल्याएका बिरालोहरुले सन्तान उत्पादन गर्दै संख्या बढाउँदै गए तर मानिसहरुको संख्या भने घट्दै गयो । अहिले यो टापुमा मानिसहरु उतिसारो देखै पर्दैनन् तर बिरालाहरु भने यत्रतत्र सर्वत्र देखिन्छन् । मानिसहरुले छाडेका घरहरुमा बिरालाको राज छ । स्थानीय वृद्धवृद्धाहरुलाई बिरालोहरुले निकै दुख समेत दिने गरेका छन् ।
यो टापु अहिले बिरालो टापुको नामले चर्चित हुन थालेको छ । यहाँ न त कुनै रेष्टुराँ छन् न त कुनै पसल तथा गाडीहरु । तर जिवनको उत्तरार्धमा रहेका वृद्धवृद्धाहरु बिरालोसँगै मृत्यु कुरिरहेका छन् । यो ठाउँ पर्यटकीय दृष्टिले चर्चित त छैन तर बिरालोप्रेमी केही पर्यटकहरु भने यहाँ डुंगा चढेर आउने गरेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.