पोखरामा टेष्टट्युब बेबी सेवा

चैत ३ । राजधानीबाहिर पहिलोपटक पोखरामा टेष्टट्युब बेबी सेवा संचालन हुने भएको छ ।
पोखराको प्रस्र्याङस्थित सहारा इण्टरनेश्नल फर्टिलिटी सेण्टरद्धारा संचालन हुन लागेको सो सेवाको मंगलबार काँग्रेस नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको सहारा हस्पिटलका अध्यक्ष डा. गिरधारी शर्माले जानकारी दिनुभयो ।
पोखरा बाग्लुङ बसपार्कमा रहेको सहारा हस्पिटल प्रा.लि. अन्तर्गत रहेको सो सेवाले पश्चिमाञ्चल क्षेत्रका निःसन्तान दम्पत्तीलाई फाइदा पुग्ने संचालकको दावी छ ।
सेण्टर संचालनका लागि प्राविधिक र व्यवस्थापन गरी करिब २ करोडको लागत खर्च भएको बताइएको छ ।
भारतको नयाँदिल्लीस्थित इन्टरनेश्नल फर्टिलिटी सेण्टरको प्राविधिक र विशेषज्ञता सहयोगमा यो सेवा संचालन गरिएको हो ।
यो प्रविधि महिलाको डिम्ब र पुरुषको शुक्रकिटलाई बाहिरै टेष्टट्युवमा सेचन गरी ४८ घण्टापछि महिलाको पाठेघरभित्र राख्ने अत्याधुनिक प्रविधि भएको प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. राजेश अधिकारीले जानकारी दिनुभयो । सो प्रविधिबाट ४० प्रतिशत माथि सफलता प्राप्त गर्न सकिने बताइन्छ ।
पोखरा पर्यटकीय राजधानीको रुपमा विकास भैरहेको बेला स्वास्थ्य र शिक्षाका क्षेत्रमा पनि लगानी र सम्भावनाहरु बढ्दै गएका छन् । नेपालमा पहिलो पटक काठमाडौस्थित ओम अस्पतालले यो सेवा सुरु गरेको थियो ।
विश्वकै तथ्यांक हेर्दा १० प्रतिशत दम्पत्तीमा बाँझोपनको समस्या रहेको पाइन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.