पहिलो सफल पटक लिंग प्रत्यारोपण

३० फागुन,  दक्षिण अफ्रिकाका चिकित्सकहरुले एक व्यक्तिमा सफलतापूर्वक लिंग प्रत्यारोपण गरेका छन् । लिंग प्रत्यारोपण विश्वमै पहिलो घटना भएको उनीहरुको दाबी छ ।
केपटाउनस्थित टाइबरबर्ग अस्पताल र टेलनेबोस युनिभर्सिटीका शल्य चिकित्सकहरुले ९ घण्टा लगाएर २१ बर्षीय युवकमा सफलतापूर्वक लिंग प्रत्यारोपण गरेको बीबीसीले जनाएको छ । यसअघि चीनमा लिंग प्रत्यारोपणको प्रयास असफल भएको थियो ।
शल्य चिकित्सकहरुले लिंग प्रत्यारोपणमा मिलेको सफलतालाई मेडिकल साइन्समा ठूलो उपलब्धी भनेका छन् ।
चिकित्सकहरुले २१ बषर्ीय ति युवकको परिचय भने खुलाएका छैनन् । एक घटनामा उनको लिंग काम नलाग्ने गरी बिगि्रएको र हाल सफलतापूर्वक प्रत्यारोपण गरेको मात्र जानकारी दिएका छन् ।
प्रत्यारोपण गर्ने चिकित्सक टोलीका प्रमुख प्रोफेसर आन्द्रे वान डेर मर्वले भनेका छन्, ‘मेडिकल साइन्सका लागि यो एकदमै ठूलो उपलब्धी हो । यो सफल अपरेशन गर्ने टीममा रहनु मेरो लागि गर्वको कुरा हो ।’
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.