दुई हेलिकप्टर ठोक्किँदा १० जनाको मृत्यु

फाल्गुन २६ । उत्तरपश्चिम अर्जेन्टिनामा दुई हेलिकप्टर दुर्घटना हुँदा तीन फ्रेन्च खेलाडीसहित १० जनाको मृत्यु भएको छ ।

एक टेलिभिजन कार्यक्रमको छायांकनका क्रममा दुई हेलिकप्टर आपसमा जुधेर दुर्घटना भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । दुर्घटनामा फ्रान्सका ८ नागरिक तथा दुई अर्जेन्टाइनी पाइलटको मृत्यु भएकोछ ।

दुर्घटनाको पुष्टि गर्दै फ्रान्सेली राष्ट्रपति कार्यालयले मृत्यु हुने फ्रान्सेली नागरिकमा ३ जना खेलाडी पनि रहेको जनाएको छ । जसमा दुईजना ओलम्पिक पदक विजेता खेलाडी छन् ।

पौडीतर्फकी ओलम्पिक च्याम्पियन क्यामेली मुफट, बक्सिङतर्फका ओलम्पिक कास्य पदकधारी खेलाडी अलेक्सि भास्टिन र याचिङ खेलाडी फ्लोरेन्स अर्थाउडले दुर्घटनामा ज्यान गुमाएका हुन् ।

अर्जेन्टिनाको राजधानी ब्युनस आयर्सबाट ११ सय ७० किलोमिटर टाढाको भिला क्यास्टेली सहरमा एउटा बहुचर्चित टेलिभिजन रियालिटी शोको छायांकनको क्रममा उक्त दुर्घटना भएको हो ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.