पानि नपिउने बानि छ भने अब मोबायलले सम्झाउने छ

 प्राय  मानिसहरु जतिबेला तिर्खा लाग्छ, त्यतिबेला मात्र पानी पिउन खोज्छन् । तर, चिकित्सकहरुका अनुसार तपाईले दिनमा तीनदेखि पाँच लिटर पानी पिउनैपर्छ, स्वस्थ रहनका लागि ।
तर, हरेक बेला पानी पिउन कसले सम्झाइदिने ? स्मार्टफोनको दुनियाँमा यसको सजिलो जवाफ छ ।
यदि तपाईले गुगल प्लेस्टोर र एप्पल एप स्टोरमा निःशुल्क उपलब्ध ‘प्लानेट नानी’ एप डाउनलोड गर्नुभयो भने यसले तपाईलाई चौविसै घण्टा पानी पिउन सम्झाउने छ ।
यो यस्तो स्मार्ट डाक्टर हो जसले तपाईलाई कतिखेर पानी पिउनुपर्छ र कति पानी पिउनुपर्छ भनेर सम्झाइरहन्छ ।
प्लानेट नानी चलाउन निकै रमाइलो छ । यो एपमा एउटा विरुवाको चित्र देखिन्छ जसले तपाईले पिएको पानीको मात्राअनुसार आफ्नो रंग र भाव बदल्छ ।
अर्थात यो एपले तपाईलाई एउटा विरुवामा रुपान्तर गरिदिन्छ र पानी पिउनेबेला नोटिफिकेसन पठाउँछ ।
तपाईले दिएको निजी जानकारी जस्तै, तौल, उचाई र शारिरिक ब्यायामको अबस्थाका आधारमा तपाईले दिनमा कति गिलास पानी पिउनुपर्छ भन्ने सुझाव दिन्छ । तपाईले सेटिङमा गएर कपको साइज पनि परिवर्तन गर्न सक्नुहुन्छ ।
अब तपाईंले हरेकपटक पानी पिउँदा कति पानी पिउनुभएको छ त्यही अनुसार स्क्रिनको घेरामा ट्याप गर्नुपर्छ । यदि तपाईले पर्याप्त पानी पिएको जानकारी गराउनुभयो भने यो बिरुवाले खुसीको संकेत दिनेछ, यदि पानी कम भयो भने नोटिफिकेसनसँगै दुःखी रुपमा प्रस्तुत हुनेछ ।
यदि तपाईले यसलाई पुरै बेवास्ता गर्नुभयो भने विरुवा मर्ने छ र तपाईंले फेरि नयाँ सुरुवात गर्नुपर्नेछ ।विरुवा हेर्दा यति सुन्दर र मायालाग्दो छन कि जो कोहीलाई यिनलाई मरेको हेर्न चाहँदैन र निरन्तर पानी पिउँदै त्यसको सूचना अपडेट गरिरहन्छ ।
यदि तपाईले नियमितरुपमा पर्याप्तमात्रामा पानी पिउनुभयो भने यो विरुवा हुर्कदै जानेछ र तपाईले यसलाई बगैंचामा सार्न सक्नुहुन्छ । फेरि नयाँ विरुवामा पानी हाल्दै ठूलो बनाउने प्रकृयाले मोबाइलमा बगैंचा बन्नेछ, तपाईंको जीउले पर्याप्त पानी पाएर स्वस्थ बन्ने छ ।
सन् २०१३ मै एप्पल स्टोरमा अपलोड भएको यो एपले छोटो समयमै प्रयोगकर्ताको मन जितेर बेष्ट एपको उपाधि पाउन सफल भएको थियो ।
हालै मात्र यो एप एन्ड्रोइड प्रयोगकर्ताका लागि पनि उपलब्ध भएको छ ।
अहिले यो एप बिश्वका करिव ३० लाख मानिसले प्रयोग गर्छन, जसले प्लानेट नानीकै सहयोगमा नियमित पानी पिएर स्वस्थ जीवन बिताइरहेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.