कोरियामा स्नातक पड्नेले उतै बस्न पाउने


कोरियाको न्याय मन्त्रालयले त्यहाँका कुनै पनि विश्वविद्यालयबाट स्नातक वा सोभन्दा माथि उर्त्तीण आप्रवासीलाई स्थायी बसोबासका लागि अनुमति (पीआर) दिने भएको छ ।
 विज्ञान वा इन्जिनियरिङमा स्नातक उत्तीर्ण भएका र कोरियामा वैधानिक रुपले ३ वर्षभन्दा लामो समय बसिसकेका जोकोहीले पीआर पाउने कारोबारमा खबर छ । यसका लागि वाषिर्क २७ हजार अमेरिकी डलर आम्दानी भएको हुनुपर्नेछ ।
कोरियाली आर्थिक उद्यमशीलता र रोजगार अभिवृद्धिमा टेवा पुर्‍याउने आप्रवासीलाई स्थायी बसोबासका लागि प्रोत्साहन गर्ने नीतिअनुरुप यो नियम लागू गरिएको मन्त्रालयले जनाएको छ । न्यायमन्त्री ह्वाङ क्योएनले कोरियामा रहेका प्रवासी विद्यार्थीको प्रतिभा कदर गरिने बताएका छन् । ‘आर्थिक नीति २०१५’ मा तय भएअनुरुप विदेशी प्रतिभालाई आकषिर्त गरिएको मन्त्रालको विज्ञप्तिमा उल्लेख गरिएको छ । पीआरसम्बन्धी नियम फेब्रुअरी १० बाट लागू भएको हो ।
नेपाली विद्यार्थीलाई टिक्नै गाह्रो
अध्ययनका लागि कोरिया पुगेका नेपाली विद्यार्थीलाई भने खर्च जुटाउन धौ-धौ पर्ने गरेको छ ।
काठमाडौंका विभिन्न कन्सल्ट्यान्सीमार्फत आएका विद्यार्थीलाई कोरियाको पढाइ र बसाई फलामको चिउरा भएको छ ।
कन्सल्ट्यान्सीलाई लाखौं रुपैयाँ बुझाउनुपर्ने, भिसा नवीकरण गर्न १२ हजार डलर देखाउनुपर्ने र भनेको समयमा काम नपाइने जस्ता समस्याले विद्यार्थीको अवस्था चिन्ताजनक रहेको सोसाइटी अफ नेपलिज स्टुडेन्ट इन कोरियाका अध्यक्ष बिमल सुवेदीले बताए । उनका अनुसार पढाइ खर्च जुटाउन नसक्दा कतिपय विद्यार्थी अवैधानिक रुपमा काम गरिरहेका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.