महामुर्ख सत्रुधन महतो

फागुन २२ जनकपुर, – होली पर्वको अवसरमा मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजन गर्ने व्यंग्यात्मक सांस्कृतिक कार्याक्रम महामुर्ख सम्मेलन बिहीबार जनकपुरमा भएको छ ।
महामुर्ख सम्मेलनमा यस वर्षको महामुर्खको उपाधि धनुषा क्षेत्र नम्बर ७ बाट निर्वाचित एमालेका सभासद सत्रुधन महतोलाई प्रदान गरेको छ ।
यस कार्यक्रममा मिथिलाको कला संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष तराई होलीको एक दिन अघि विभिन्न होरीको गीत संगीत, नाटक, कविता वाचन गर्दै जनकपुर क्षेत्रका बुद्धिजिवी मध्येका एक जना विशिष्ट व्यक्तिलाई छनोट गरी व्यंग्य स्वरुप महामर्खको उपाधि दिने गरिन्छ ।
त्यस्तै अन्य बुद्धिजिवी प्रतिष्ठित व्यक्तिलाई विभिन्न उपनाम दिँदै मुर्खको उपाधि प्रदान गर्ने गरिन्छ । यस पटक ११ जना प्रतिष्ठित व्यक्तिलाई मुर्खको उपाधि प्रदान गरिएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.