घर किन्दा श्रीमती सित्तैमा !

विभिन्न मालवस्तु बेच्नका लागि बिक्रेताहरुले अनेक खाले अफर ल्याउाछन् । एउटा सामान किन्दा अर्को सामान सित्तैमा दिने अफर सबैभन्दा चल्तीको अफर हो । यहीा अफरको चरम रुपका रुपमा घर किन्दा श्रीमती सित्तैमा दिने अफर सार्वजनिक भएको छ ।
इण्डोनेसियामा घर किन्दा श्रीमती सित्तैमा पाइने एउटा विज्ञापनले अहिले ठूलै तहल्का मच्चाएको छ र उक्त विज्ञापन इण्टरनेटमा भाइरल समेत बनेको छ ।
एकजना महिलाले आफ्नो घर बिक्रिका लागि विज्ञापन गरेकी छिन् र आफ्नो घर किन्ने पुरुषहरुले आफुलाई श्रीमतीको रुपमा पाउने घोषणा समेत गरेकी छिन् ।
यो अनलाइन विज्ञापनको सुरुवाती हिस्सा सामान्य विज्ञापन जस्तो छ र यसमा घरमा रहेका विशेषता उल्लेख गरिएको छ । तर अन्त्यतिर भने दुर्लभ अफर प्रस्तुत गरिएको छ । जसमा भनिएको छ, ‘जसले यो घर किन्नुहुन्छ उसले यो घरकी मालिक्नीसाग बिहेको प्रस्ताव गर्न सक्नुहुन्छ ।’
विज्ञापनमा घर मालिक्नीको तस्वीर समेत दिइएको छ । विना लिया नामकी ती ४० वर्षे महिला श्रीमानको मृत्युसागै हाल एकल महिलाको रुपमा रहेकी छिन् र उनको आफ्नो सैलुन समेत छ ।
यो घर गम्भीर खालका क्रेताहरुको लागि मात्र रहेको र यसमा कुनै सौदाबाजी नहुने विज्ञापनमा उल्लेख गरिएको छ ।
जाभा द्विपस्थित स्लेम्यानमा रहेको यो घरको मूल्य ९ करोड ९९ लाख इण्डोनेसियन रुपिहा अर्थात् झण्डै ७५ हजार अमेरिकी डलर तोकिएको छ ।
एएफपीका अनुसार घर मालिक्नी विना लियाको यो विज्ञापन इण्डोनेसियाका संचार माध्यममा मात्र होइन सोसल मिडियामा समेत निकै चर्चित बनिरहेको छ ।
कतिपयले उनलाई घोचपेच गरेर खिल्ली उडाइरहेका छन् । यो समाचार प्रकाशित भएपछि यस बारेमा सोध्नका लागि आफ्नो घरमा प्रहरी समेत आएको र मान्छेले दिएका प्रतिक्रिया र पत्रकारका व्यवहारबाट आफु दुखी बनेको उनी बताउाछिन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.