पर स्त्री सगको सम्बन्ध घातक

 आजभोलि विवाहेत्तरका सम्बन्ध सामान्य जस्तै भैसकेका छन् । मानिसहरु बैबाहिक जीवनमा सन्तुष्ट हुँदैनन् र विकल्प खोज्छन् । तर त्यस्ता सम्बन्धले पारिवारिक र सामाजिक जीवनमा भने धेरै समस्या निम्त्याइरहेका हुन्छन् । यदि तपाइँ कुनै विवाहित पुरुष र महिलासँग सम्बन्धमा हुनुहन्छ भने आजै देखि छोडिदिनुस् । किन भने विवाहितसँग सम्बन्ध राख्नुका फाइदा भन्दा घाटा धेरै छन् ।

गलतः
यदि तपाइँ विवाहितसँग रोमान्स गर्दै हुनुहुन्छ भने मनमनै मैले सही गरेको छैन भन्ने भावनाले जितिरहेको हुन्छ । जति रमाइलो हुनु पर्ने हो त्यति रमाइलो हुन सक्दैन । मन मनै मैलै गलत गरिरहेको छु भन्ने भावनाले ग्रस्त भएर बाँच्नु पीडादायी हुन्छ ।
दोश्रो प्राथमिकताः
यदि तपाइँ विवाहितसँग सम्बन्धमा हुनुहुन्छ भने विचार गर्नुस् तपाइँ उसको पहिलो प्राथमिकता कहिल्यै पनि हुनुहुने छैन । किन भने विवाहितको जीवनमा श्रीमान श्रीमति वा छोराछोरी पहिलो प्राथमिकता हुन् । तपाइँसँगको रोमान्स सँधै दोश्रो प्राथमिकता हो । यदि छान्नै पर्ने अवस्था आयो भने विवाहितले परिवार र आफ्नो जीवनसाथी नै छान्छन् ।
झुटको जगः
तपाइँको सम्बन्ध विवाहितसँग छ भने त्यो सम्बन्ध नै झुटमा आधारित हुन्छ । किन भने घरमा श्रीमान वा श्रीमती र छोरा छोरी भएको ब्यक्तिसँग सम्बन्ध राख्ने ब्यक्तिले सँधै झुटो बोल्नु पर्ने हुन्छ । र तपाइँसँग सम्बन्ध राख्नेले पनि झुट नै बोलिरहेको हुन्छ । एउटा कुरा लुकाउन अर्को झुट बोल्नु पर्ने र झुट माथि झुट थपिँदै जान्छ ।
मनमा अशान्तिः
आफै सोच्नुस् यदि तपाइँको श्रीमान वा श्रीमतिले तपाइँलाई धोका दिइरहेको चाल पाउनु भो भने कस्तो अनुभव हुन्छ । गहिरिएर सोंच्नु भो भने तपाइँलाई पनि लाग्छ यो गलत कुरा हो । विवाहितसँगको सम्बन्धमा मनमा शान्ति हुँदैन र सँधै तनाव रहन्छ । यसकारण विवाहितसँग सम्बन्ध नराख्नुस् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.