आज १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

फाल्गुन २४ । आज मार्च ८ तारिख, १ सय ५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदैछ ।
सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफुमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए ।
त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे ।
जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो ।
त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो ।
नेपाली महिलाले पनि आफ्नो अधिकार र स्वतन्त्रताको आन्दोलनसँग यो दिवस मनाउने गरेका छन् ।
जमीन तथा उत्पादनका साधनमा समान स्वामित्व, उत्पादनमा बराबरी सहभागिता र उपभोगमा बराबरीको ग्यारेन्टी नै महिला अधिकार हो भन्न थालिएको छ ।
यस दिवसका अवसरमा सरकारले आज सार्वजनिक विदा पनि दिएको छ । यस अवसरमा प्रधानमन्त्री सुशील कोइरालाले शुभकामना दिएका छन् ।
महिलालाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास र महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति अबलम्बन गर्दै महिला सशक्तिकरण गर्ने अभियानमा एकताबद्ध हुन उनले सबैलाई आह्वान गरेका छन् ।
उनले संविधानसभाले अब बनाउने संविधानमा महिलाका अधिकार सुरक्षित गरिने विश्वास दिलाएका छन् ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.