ताजा खाना तथा फलफुलका फाइदा हरु

 खाना पचाउन, सास फेर्न, मांसपेशी चलाउन, सन्तानोत्पादन गर्न एवं शरीरमा अरु कार्यहरू गर्नका लागि विभिन्न खालका इन्जाइम तत्वहरू चाहिन्छन् । यस्ता तत्वहरूको पूर्ति जीवित खाना अर्थात् काचो खानाले गर्दछ । ताजा फलफुल, नपकाइकन नै खाने खाना, तरकारी तथा टुसायुक्त खानेकुरा आदि जीवित खाना हुन् ।
टुसायुक्त खानाले शरीरमा देखिने बुढ्यौलीको प्रक्रिया ढीला गर्छ । संसारका सबै जीवित कुराको आयु हुन्छ । आयु सकिएपछि मृत्यु हुन्छ । जन्म, बाल्यावस्था, युवावस्था र वृद्धावस्था पार गरेपछि कुनैपनि व्यक्तिको अन्ततः मृत्यु हुन्छ । यी सबै चरण पार गर्दै जादा मानिसको शरीरमा कोष तथा तन्तुहरूमा र अगंहरूमा पनि परिवर्तन आइरहन्छन् । बच्चादेखि वयस्कसम्म यस्तो परिवर्तन देखिन्छ ।

प्रकृतिको आधारमा नै बूढो हुने प्रकृयालाई छाडिदिने हो भने शारीरिक क्षमता तथा आनुवंशिक चरित्रको आधारमा यो क्रम चल्दछ । तर मानिसले प्रयोग गर्ने भोजन, जीवनशैली  र मानसिक अवस्था आदिले पनि हाम्रो शरीरमा बुढ्यौली छिटो आउ“छ कि ढिलो आउ“छ भन्ने कुराको निर्णय गर्छ ।  शरीरमा कमजोरी, रोग, कुनै अंगले राम्रोस“ग काम नगर्ने, अत्याधिक मोटाएर आप्mनै शरीर भारी हुने जस्ता समस्याहरू देखा पर्ने कारणमध्ये धेरै बोसो भएका खाना, साथै व्यायाम नपुग्नु पनि हो । यस्तो अवाञ्छित कुराबाट दिक्क भएर मानिसले दैवलाई सराप्न समेत थाल्छ । यस्ता कुराहरूले गर्दा नै बुढिने प्रक्रियाको गति छिटो हुन जान्छ ।
प्राकृतिक कारणले वा जीवनशैलीका कारणले बुढो हुने जुन गति हुन्छ, त्यसलाई धीमा पार्ने मानिसको चाहना हुन्छ ताकि स्वस्थ, सुन्दर भएर लामो समयसम्म बा“च्न सकियोस् । बुढ्यौलीको रोक्नका लागि जीवनशैलीमा परिवर्तन गर्नु पर्छ साथै भोजनमा टुसायुक्त खाना एउटा राम्रो उपाय हो ।
टुसादार गेडागुडीले खानालाई पचाउन सजिलो हुने भएकोले पेटलाई कम भार पर्छ  । हाम्रो खानामा मुख्यतया दुई प्रकारका तत्वहरू हुन्छन्, १) कार्वोहाईड्रेट, २) प्रोटीन । तिनीहरूको पाचनक्रिया हाम्रो शरीरको पाचन अंगहरूमा निर्भर गर्दछ । हाम्रो शरीरलाई आवश्यक पर्ने शक्ति प्राप्त गर्नको लागि हाम्रो खाना पूर्ण रूपमा पच्नु पर्दछ । यस्तो कार्य पाचन प्रणालीले पाचन रसको सहायताबाट गर्दछ । टुसायुक्त खाना प्रयोग गर्दा कम पाचन रसले पनि भोजन राम्रोस“ग पच्छ ।

टुसादार गेडागुडी उम्रने अवस्थामा के हुन्छ ?

टुसा उम्रने क्रममा नै एउटा विशेष पाचन रस पैदा हुन्छ जसले कार्वोहाइड्रेटलाई पचाउन मद्दत गर्दछ । त्यसै गरी प्रोटिन पनि परिवर्तन भएर सजिलै पाचन हुने अवस्थामा पुग्छ । त्यस कारणले गर्दा कार्वोहाइड्रेट र प्रोटिनको पाचन प्रक्रिया अगाडि नै भएको हुन्छ । खाना खाइ सकेपछि शरीरमा रहेको पाचन रसले सहजैस“ग यी तत्वलाई पचाउछ ।
यदि टुसा उमारेको छैन भने गेडागुडी जस्तै : मुग, गहु चना पचाउन गाह्रो हुन्छ तर  गेडागुडीहरूलाई टुसादार रुपमा प्रयोग गर्दा सामान्य अवस्थाको गेडागुडीभन्दा पचाउन धेरै सजिलो हुन्छ ।

टुसादार गेडागुडीले पाचन रस दिन्छन्

कुनै समयमा खाना र खानामा हुने तत्वका बारेमा मानिसहरूलाई कम ज्ञान थियो । भोजनका तत्वहरूमा कार्वोहाइड्रेट, प्रोटिन र चिल्लो पदार्थ हुन्छ भन्ने कुराको ज्ञान १९ औं शताब्दीमा भयो र १९३० मा भिटामिनबारे थाहा भयो । त्यसैगरी पछि खनिज पदार्थको बारेमा थाहा भयो । पाचन कार्यमा पानी र रेशादार पदार्थको भूमिका निकै पछि आएर मात्र बुझियो । त्यसमा पनि पाचन कार्यमा इन्जाइम अर्थात् पाचन रसको भूमिका बारे बुझिएको धेरै दशक भएको छैन । इन्जाइम मानव शरीरको लागि अति आवश्यक तत्व हो । हाम्रो शरीरमा इन्जाइमले पाचन कार्यमा सहयोग गर्दछ । यसले भोजनलाई पाचन गरेर शक्तिमा परिणत गर्न सहयोग गर्दछ । शरीरमा हुने रासायनिक प्रकृयाको लागि इन्जाइम स्वयं परिवर्तन नभई यसले त्यस कार्यमा उत्प्रेरणा या सहयोग गरिरहेको हुन्छ ।

हाम्रो शरीरलाई इन्जाइमको अत्यन्त आवश्यकता हुन्छ । तर कति जनाले भोजन पचाउनका लागि बोतलमा रहेको इन्जाइम किन्छन् र प्रयोग गर्छन् तर यो शरीरको लागि काम लाग्दैन । बोतलमा इन्जाइमहरु प्राकृतिक इन्जाइमको तुलनामा ज्यादै कम हुन्छ । तर हामीले प्रयोग गर्ने टुसादार गेडागुडीमा चाहि“ इन्जाइम पर्याप्त रहन्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.