गर्मीमा स्वास्थ्यको ख्याल गर्नुहोस्

 जाडो सकिएर गर्मी लाग्न थालेकाले मौसममा आउने फेरबदलसँगै स्वास्थ्यमा समस्या देखिने हुँदा सचेत हुन डाक्टरले सुझाव दिएका छन् । डाक्टर अरुणा उप्रेतीका अनुसार अहिलेको समयमा विहान बेलुका चिसो र दिउँसो गर्मीसँगै हावाहुरी चल्ने भएकाले सचेत हुनुपर्छ ।
हावाहुरी चल्दा धुवाँ धुलो धेरै उड्ने हुँदा सावधानी नपनाए श्वसप्रश्वासमा समस्या आउँछ । यतिबेला दमका विरामी अझ बढी सचेत हुनु पर्ने उहाँले
बताउनुभयो । दमका विरामीलाई धुलोको एलर्जी भए सास फर्न झनै गाह्रो हुन्छ । नाकले सास फर्ने गाह्रो भई मुखले सास फेर्दा किटाणुहरु सिधै फोक्सोमा पुग्ने उहाँले बताउनुभयो । जसले गर्दा घाँटी, छाती र फोक्सोमा समस्या देखिन्छ ।
यस्तै मौसम परिवर्तनका बेला रुघाखोकी, पखाला लगायतका समस्या पनि देखिन सक्छ । यस्ता स्वास्थ्य समस्याबाट बच्न रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै धुवाँ धुलोबाट जोगिन माक्स लगाएर हिँड्नुपर्छ । डाक्टर अरुणा उप्रेतीका अनुसार रोग प्रतिरोधात्मक क्षमता बढाउन पानीसँगै झोलिलो खानेकुरा तथा तातो पानीमा मरिच तथा बेसार राखेर खानुपर्छ । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.