रविना टण्डन बेनजिर भुट्टो बन्ने

फागुन २२  – बलिउड अभिनेत्री रविना टण्डन पाकिस्तानकी पूर्व प्रधानमन्त्री बेनजिर भुट्टो बन्ने भएकी छन् । रविनाले बेनजिरको जीवनीमाथि बन्ने चलचित्रमा मुख्य भूमिका निभाउने भएकी हुन् । पहिला बेनजिरको भूमिका निभाउन विद्या वालनलाई प्रस्ताव गरिएको थियो ।
रविनाले यो चलचित्रका अभिनय मात्रै नगरेर निर्माताको भूमिका पनि निभाउने छिन् । सन् २००७ सेप्टेम्बर २७ मा रावलपिण्डीमा भएको बम आक्रमणमा बेनजिरको निधन भएको थियो ।
रविना यसअघि सन् २०१२ मा प्रदर्शन भएको बुड्ढा होगा तरा बापमा अमिताभ बच्चनसँग देखिएकी थिइन् । त्यसपछि उनको कुनै पनि चलचित्र प्रदर्शनमा आएका छैनन् । रविना बलिउडमा तीन वर्षपछि कमव्याक गर्न लागेकी हुन् ।
[facebook]

ARENA NEWS

{picture#https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWH6AU6fPu2ePw7pN_zjT_pn0YrWZQgjiC7ybEsIkauNVwsJUEk1la_zkWZnsc2SUj31Q3DNVqFCj1UJXqtzs8T34n-hsPgFm42wdK439tQOCxyaE8vzAZybcZkHtaPMy64vdRD3fsPbXw/s1600/arena+NEWS+logo+%25281%2529+copy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.