झ्यालबाट नांगो मानिस निस्किएपछि

बेलायती राजदरबारको शयनकक्षको झ्यालबाट एकजना निर्वस्त्र पुरुष डोरीको सहायताले तल ओर्लिँदै गरेको भिडियो इन्टरनेटमा सार्वजनिक भएपछि त्यसले ठूलै तहल्का मच्चाएको छ ।
भिडियोमा बकिंघम दरबारमा सुरक्षाकर्मीको बदलीको समारोह (चेन्जिङ अफ गार्ड) समारोहका बेला एक जोडी पर्यटक गि्रन पार्कको बाहिर कन्स्टच्यिुसन हिलमा उभिइरहेको देखिन्छ । केही बेर दरबारका सुरक्षाकर्मीको घेाडसवारमा भिडियो केन्द्रित हुन्छ र त्यसपछि भिडियो खिच्नेको दृष्टि दरबारतर्फ पुग्छ र एउटा दृष्यमा क्यामरा जूम गरिन्छ ।
एकजना निर्वस्त्र मानिस दरबारको एउटा झ्यालबाट तन्नाको डोरीमा झुण्डिएर तल ओर्लिँदै गरेको भिडियोमा देख्न सकिन्छ ।
दरबारको झ्यालबाट निस्केर निर्वस्त्र मानिस डोरीमा झुण्डिएर तल झुण्डिइरहेको दृश्य दरबारको सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले देख्दैनन् । केही सेकेण्डमै उक्त तल ओर्लिँदै गरेको अवस्थामा जमिनभन्दा २० फिट माथि आइपुग्दा नियन्त्रण गुमाएर भुइँमा खस्दछ ।

उक्त घटनाप्रति सुरक्षाकर्मी तथा अन्य सबै मानिसहरु अनभिज्ञ हुन्छन् ।
डेलीमेलका अनुसार ४५ सेकेण्डको उक्त भिडियो साँच्चीकै नभएर कसैले कम्प्युटरको सहायताले बनाएको बनाबटी भिडियो हो । बकिंघम दरबारले उक्त भिडियोको बारेमा कुनै प्रतिक्रिया दिन अस्विकार गरेको बताइएको छ । प्रहरीले पनि बकिंघम दरबारको झ्यालबाट निर्वस्त्र मानिस ओर्लिएको विषयमा कुनैपनि रिपोर्ट दर्ता नभएको जनाएको छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.