कम्प्युटरको दुनियाँमा एउटा यस्तो डिभाइस आएको छ जुन सायद पूरै जिवनमा निकै काम लाग्न सक्छ, मात्र तपाइँमा पढ्ने लेख्ने इच्छा चाहिन्छ ।
लर्नस्टिफ्ट नामको यस्तो कलमको आविष्कार भएको छ जसले मान्छेको गल्ती पत्ता लगाइदिनेछ । जब तपाइँले यो कलमले केही कुरा लेख्नुहुन्छ तब तपाइँले लेखेका हरेक शव्दमा कुनै गल्ती भएमा यसले जानकारी दिनेछ । यो कलममा हरेक शव्दलाई ‘डिटेक्ट’ गर्ने क्षमता रहेको छ ।
यस्तो छ लर्नस्टिफ्टको निर्माण संरचना ।
वैज्ञानिकहरु फाल्क वल्स्क्ी र डानियल केस्म्याचरद्वारा निर्मित यो कलम निर्माण हुनका लागि गतिलो संयोग जुरेको रहेछ । आविष्कारक वल्स्कीले आफ्नी पत्नीले बच्चालाई पढाइरहेको हेरिरहेका थिए । त्यस क्रममा बच्चाले लेख्ने बेला केही गल्ती गर्यो । त्यो देखेपछि वल्स्कीलाई लाग्यो ‘लेख्नु भन्दा अगाडि नै गल्ती बताइदिने कुनै चिज भएको भए ।’
त्यसपछि उनले आफ्ना मित्रसँग मिलेर यो स्मार्ट कलमको निर्माणमा लागे । यो कलमको भित्र एउटा सानो कम्प्युटर राखिएको छ । त्यससँगै मोसन सेन्सर, प्रोसेसर, मेमोरी तथा वाइफाइ मोड्युल समेत रहेको छ । यो कलमले लेखिरहेको बेला जब शव्दका वर्ण अर्थात् स्पेलिङमा गल्ती हुन्छ तब यो कलममा कम्पन उत्पन्न हुन्छ ।