मर्दा र सम्भोग गर्दा समेत कर तिर्नुपर्ने देश


सम्पत्ति, आय तथा सवारी साधन लगायतको कर त सरकारलाई तिर्ने गरिएकै हो । तर दुनियामा यस्तो देश पनि छ जसले कस्ता-कस्ता चिजमा कर लगाउँछन् भन्ने कुरा थाहा पाइयो भने तिनछक पर्नुको विकल्प छैन ।
त्यो देश अमेरिका नै हो । जहाँ मृत्यु, सेक्समा मात्र होइन घाम ताप्दा र बेलुन चढ्दा समेत कर तिर्नुपर्ने नियम छ । अमेरिकाका अनौठो खालका कर नियमहरु यस्ता छन्-
१. सन् १९७१ मा अमेरिकाको रोड आइल्याण्ड प्रान्तमा आर्थिक संकट समाधानका लागि डमोक्र्याटिक पार्टीका सांसद बर्नाड ग्लाडस्टोनले संसदमा नयाँ विधयेक पेश गरे । विधयेकमा गरिएको प्रस्ताव अनुसार उक्त राज्यमा यौन सम्पर्क गर्ने हरेक जनाले प्रत्येक पटक २ डलर लेभी बुझाउनु पथ्र्यो ।
२. अमेरिकाकै सिएटलमा मृत्युमा समेत कर तिर्नुप्र्छ । मर्ने मानिसका आफन्तले चिकित्सकीय जाँच गराउने अधिकारीहरुलाई ५० डलर शुल्क बुझाउनुपर्छ । उक्त रकम बुझाइसकेपछि मात्र सरकारी अधिकारीहरु मृतकको अन्तिम संस्कारका लागि अनुमति दिन्छन् ।
३. अमेरिकाको अर्कन्सासमा टाटु बनाउनका लागि मानिसहरुले ६ प्रतिशत बिक्रि कर तिर्नुपर्छ ।
४. अमेरिकी सरकारले मानिसहरुलाई घाम तापेको समेत कर अशुल्छ । समुद्री किनारामा घाम ताप्न अर्थात् ट्यानिङ गर्न त सित्तैमा पाइन्छ । तर इनडोर ट्यानिङ सैलुनमा जाने मानिसहरुले उक्त सैलुनमा बुझाउने रकमको अतिरिक्त १० प्रतिशत कर सरकारलाई बुझाउनुपर्छ ।
५.अमेरिकाको कन्सास राज्यमा बेलुन चढ्दा समेत सरकारलाई अतिरिक्त शुल्क तिर्नुपर्छ । हट एयर बेलुनमा चढेर आकाशमा उडे बापत निश्चित शुल्कसँगै अतिरिक्त कर समेत बुझाउनुपर्ने नियम छ । तर बेलुनमा चढेर अर्को राज्यमा जाँदा भने कर तिर्नुपर्दैन ।
६.अमेरिकाको क्यालिफोर्नियामा खुल्ला रुपमा फलफूल बेच्दा बिक्रि कर नलाग्ने भएपनि भेन्डिङ मेसिनबाट फल खरीद गरी बेच्दा भने बिक्रि कर तिर्नुपर्छ ।
७. अमेरिकाको अलाबामा राज्यमा खेल्ने तास खरीद गर्दा समेत तासको मूल्यका अतिरिक्त १० प्रतिशत कर तिर्नुपर्छ ।
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.