नेपाल टेलिकम को एप

फागुन २२  – नेपाल टेलिकमले आफूले दिने सेवा उपभोक्ताले घरमा नै बसेर जानकारी पाउन सकुन् भन्दै नेपाल टेलिकम एप बनाएको छ । टेलिकमले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी एपबारे जानकारी दिएको हो ।
टेलिकमले एक वर्ष पहिले नै सार्वजनिक गरेको एपले बल्ल पूर्णता पाएको हो । एक वर्षको बीचमा एपमा धेरै फिचरहरु राखिएको टेलिकमका अधिकारीले बताएका छन् ।
स्मार्टफोन बोक्ने उपभोक्ताले प्रयोग गर्न मिल्ने एपबाट टेलिकमले उपलब्ध गराउने सेवा घरमै बसेर लिन सकिने टेलिकमका अधिकारीको दाबी छ । उनीहरुका अनुसार,  टेलिकमका मोबाइल फोन प्रयोग गर्ने ग्राहकमध्ये अहिले करिब ३० लाखसँग स्मार्टफोन छ ।
टेलिकमका प्रबन्ध निर्देशक बुद्धिप्रसाद आचार्यले ग्राहकले बिनाअवरोध घरमै बसेर आफ्ना सेवा उपभोग गर्न पाउन् भनेर एप बनाइएको भन्दै एपलाई ग्राहकको सुझाव अनुसार अझै परिस्कृत गरिने बताउनुभयो । टेलिकमसँग अहिले मोबाइल फोन प्रयोग गर्ने ग्राहकको संख्या ९० लाख छ । 
[facebook]

ARENA NEWS

{picture#https://1.bp.blogspot.com/-TSSsOHmNA9g/Xrc8t2Oo7HI/AAAAAAAAChU/cyhWCseUQbI5bY_90tYKATlVBOVhKdofwCK4BGAYYCw/s1600/arena%2BNEWS%2Blogo%2B%25281%2529%2Bcopy.pngL} NEWS AND SPORTS {facebook#https://www.facebook.com/arena.np/} {twitter#https://twitter.com/arenanepal} {google#www.google.com/kpcat} {pinterest#https://www.pinterest.com/} {youtube#https://www.youtube.com/channel/UC_ISHKB5xxLJnGLep4Y3JEw} {instagram#www.instagram.com/}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.